मगर संघ कतारले ३२ औं मगर दिवस मनाउने

Read Time:2 Minute, 3 Second

दोहा  

कतार , फेब्रुअरी २३-नेपाल प्रवासी मगर संघ दोहा कतारले नेपाल मगर संघ केन्द्रिय समितीको ३२ औं स्थापना दिवस मनाउने भएको छ । २०१४ मार्च ७ तारिकका दिन संघका केन्द्रिय उपाध्यक्ष महेन्द्र थापामगरको संयोजकत्वमा समाल पब्लिक गार्डेनमा बनभोज कार्यक्रमका साथ मगर दिवस मनाउन लागेको हो ।  

उक्त कार्यक्रम सफल बनाउनका लागी खाना तथा नास्ता संयोजक जनक थापामगर, यातायात संयोजक शेरबहादुर रोकामगर, सचिवालय संयोजक रमेश कनौजेमगर, आर्थिक संयोजक लिलम चिदिमगर उपसंयोजक बिवेक पुलामीमगर, खेलकुद संयोजक कृष्ण रानामगर, सांस्कृतिक संयोजक भूपेन्द्र रिखाममगर उपसंयोजक बिजयकुमार मगर, स्वयंसेवक संयोजक केशव रानामगर उपसंयोजक अभिमत पुनमगर रहेको ११ सदस्यीय आयोजक समिती बनाई ब्यापक गृहकार्य गरिरहेको छ ।

कार्यक्रममा कौडा, हुर्रा, सालैजो, सोरठी, मारुनी लगायत अन्य विविध सांस्कृतिक प्रस्तुती गर्नुका साथै २०७०/७१ को लागी मगर बाङ छान्ने, महिलाहरुको लागी मात्र हाँडी फोर्ने, अतिथी र अन्य सहभागीको लागी म्युजिकल बल, लगायत डोरी तान्ने, ठेलो फाल्ने खेलहरुद्धारा मनोरञ्जन गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा सहभागीहरुलाई यातायात, खाना र नास्ताको लागी आयोजकबाटै ब्यबस्था गरिने पनि आयोजक समितीका संयोजकले जानकारी दिए ।

रमेश कनौजे मगर

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %