गोविन्द घर्ति
रुपन्देही , फागुन ९-मातृभाषा विना जातिय पहिचान हुन नसक्ने रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले देशमा बोलिने अन्य भाषालाई राज्यले लगानी गरेपनि मगर भाषा संरक्षण र सम्वद्र्धन गर्न राज्यले बेवास्ता गरेको आरोप लगाएका छन् ।
विश्व मातृभाषा दिवसको अवसरमा नेपाल मगर लेखक संघ लुम्विनी अञ्चाल समिति द्धारा आयोजित खुल्ला कविता वाचन प्रतियोगिता कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले मातृभाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि सवै एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
नेपाल मगर लेखक संघ लुम्विनी अञ्चल समितिका उपाध्यक्ष सोनु थापाको सभापतित्वमा भएको कार्यक्रममा मगर लेखक संघका केन्द्रीय सदस्य हरीकला थापा, नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टा, नेपाल मगर बौद्ध सेवा समिति रुपन्देहीका अध्यक्ष तुल्सी रेश्मी, मगर महिला संघ रुपन्देहीका सहसचिव केशरी गाहा, फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहा, निर्मला राना लगायतले आ–आफना भनाई राखेका थिए ।
प्रतियोगितामा चित्र बहादुर सुनारी प्रथम, फतिक तरामु द्धितिय, खिम थापा तृतिय र लजिना रेश्मीले सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
हरीदेव थापा, उमेश थापा र हरीकला रानाले प्रतियोगिताको निर्णाकको भूमिका निर्वाह गरेका थिए । संघका कोषाध्यक्ष चोपलाल राहुलको स्वागत र सचिव लिला रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
