देब पचभैया
पाल्पा, फागुन ९-नेपाल आदिबासी जनजाति पत्रकार महासंघको शनिबार पाल्पाको तानसेनमा पश्चिमाञ्चल स्तरिय एक दिने क्षेत्रिय भेला हुदैछ । पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लाका प्रतिनिध भेलामा सहभागी हुने र भेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजक जनजाति पत्रकार महासंघ फोनिजका पश्चिमाञ्चल संयोजक देब पचभैया मगरले जानकारी दिनुभएको छ ।
समाबेशी संचारनिति, आम संचार माध्ययमा आदिबासी जनजातिहरुको प्रतिनिधित्व, संचारमा क्षेत्रमा आदिबासीहरुको सहभागीताको महत्व, आबश्यकता र नेपाल पत्रकार महासंघको अधिबेशनको बारेमा भेलामा छलफल हुने बताईएको छ । भेलाले पाल्पा घोषणा पत्र पनि जारी गर्ने बताईएको छ ।
क्षेत्रिय भेलाको लागी फोनिजक केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्ग, महासचिब गजुरधन राई, कान्तिपुर दैनिकका समाचार संयोजक घिम घले, नागरिक दैनिकका राजनितिक बिभागका प्रमुख उजिर मगर, गोर्खापत्र दैनिकका उपसम्पादक राजेश चाम्लिंग राई लगाएतका बरिष्ठ पत्रकारहरुको सहभागीता रहने छ । जिल्ला बिकास समितिको सभाहलमा शनिबार बिहान ८ बजे बाट कार्यक्रम शुरु हुने बताईएको छ । भेलामा हरेक जिल्ला शाखा बाट अध्यक्ष, सचिब र एक महिला प्रतिनिधको सहभागीता रहने छ । कार्यक्रमका सहभागीहरु शुक्रबार नै पाल्पा आईसकेको छन् ।
