ने.सा.स र कोरियन साहित्यकार बिच अन्तरक्रिया सम्पन्न

Read Time:2 Minute, 32 Second

दक्षिर्ण कोरिया ,

सिओल , सुवनको सांग्रिला रेस्टुरेन्टमा नेपाली साहित्य समाज (नेसास) दक्षिण कोरिया र कोरियन साहित्यकारहरूको बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली साहित्यकार र कोरियन साहित्यकारहरू बृहत उपस्थिती रहेको थियो ।

नेपालमा क्रियाशिल रहेको सँस्था नेपाल कोरियन कल्चर सेन्टरको शाखा कोरियामा पनि गठन गर्न आवश्यक पहल गर्ने र समय-समयमा कोरियन र नेपाली साहित्यकारहरू बिच अन्तरक्रिया कार्यक्रम गर्दै सष्ट्राहरुका रचनाहरू कोरियन र नेपालीमा भाषामा अनुवाद गर्ने र प्रकाशित गर्ने बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा ”छाङजाक २१” म्याग्जिनका सम्पादक मुन चाङ गिलले यस्ता कार्यक्रमले नेपाली साहित्यकारहरूले कोरियन साहित्यको बारेमा र कोरियन साहित्यकारहरूले नेपाली साहित्यको बारे बुझ्ने मौका मिल्ने हुँदा यस्ता कार्यक्रमले हुन जरुरी रहेको सुनाए । यस्तै आफ्नो धारणा राख्ने क्रममा कवि खिम ई ह्वाले नेपाली र कोरियन साहित्यकारहरूको बीचमा सहकार्य गर्दै अगाडी बदनु पर्ने यसरी काम गर्दा सजिलो पनि हुने सुनाए ।

उक्त अन्तरक्रिया कार्यक्रममा प्रविन राई , अनिल शर्मा सुबेदी , केशव चापागाई , श्रीराम तमु , स्मृति राई , सुवानी राई लगायत पत्रकार मञ्जु गुरुङ , निश्चल काउचा र किम ह्यो सले आफ्ना- आफ्ना धारणा राखेका थिए । आफ्नो धारणा राख्ने क्रममै कोरियन पत्रकार तथा कवि किम ह्योङ ह्योले यस्ता कार्यक्रमले नेपाली र कोरियन साहित्यको बीचमा सेतुको काम गर्ने हुँदा समय-समयमा हुन अत्यन्त आवश्यक रहेको सुनाए ।

निश्चल काउचा

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %