बुटवल ,
देवदह , फागुन २- सहीद लखन थापाको १ सय ३७ औं स्मृति दिवस रुपन्देहीको देवदहमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपाल मगर संघ देवद–९, चरङ्गेको आयोजनामा स्मृति दिवस मनाईएको हो ।
सो अवसरमा बोल्दै नेपाल मगर संघका पुर्व केन्द्रीय सचिव चन्द्र बहादुर श्रीसले सहीद लखन थापा मगरलाई राज्यले प्रथम सहीदले सम्मान दिन नसकेको बताउनु भयो । उहाले सहीद कुनै जाती विशेषको नभई राज्यको भएकोले राज्यले सहीदलाई विर्सन नहुनेमा जोड दिनु भयो ।
नेपाल मगर संघ चरङ्गेका कोषाध्यक्ष फुलमाया रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ देवदहका सल्लाहकार दल बहादुर पाईजा, पदम थापा, डमवर बहादुर थापा, देवदह गाउ समितिका अध्यक्ष लाल बहादुर दर्लामी, मगर महिला संघ देवदहका अध्यक्ष शोभा थापा, युवा संघका सचिव हिमाल सारु लगायतले बोल्दै सहीदलाई सवैले सम्मान गर्नु पर्ने बताउदै सहीद लखन थापालाई प्रथम सहीद घोषणा गर्नु पर्नेमा जोड दिएका थिए ।
उमा थापाको स्वागत र लेखनाथ थापाको संचालनमा भएको कार्यक्रममा सहीद थापाको स्मृति दिवसको अवसरमा आयोजित भलिवल प्रतियोगिताका विजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो ।
गोविन्द घर्ति
