देब पचभैया

पाल्पा, माघ २-शुक्रबार प्रेम दिबस भएकाले प्रेमको प्रतिकको रुपमा लिईने पाल्पाको रानीमहलमा अबलोकन गर्नेहरुको भिड बढेको छ । पछिल्लो समयमा रानीमहलमा प्रेम जोडीहरुको भिड लागेको स्थानिय पदम श्रेष्ठले जानकारी दिए । पाल्पाको बैघागुम्हा गाबिसमा रहेको रानीघाट दरबार सदरमुकाम तानसेन देखि १३ किलोमिटर उत्तरमा पर्दछ ।
नेपालको ताजमहलको रुपमा परिचित ताजमहलमा पुग्न तानसेन बाट हिडेर जान ३ घण्टा बढी समय लाग्छ भने हिजो आज तानसेन कैलाशनगर, अवल, हात्तीढुंगा हुदै रानीघाट दरबारमै पनि गाडी मार्फत पुग्न सकिन्छ ।
तत्कालिन राज खड्ग समशेरले रानी तेजकुमारीको संझनामा राघीघाट दरबार बनाएका थिए ।
भारतको उत्तर गंगाको जत्तिकै महत्व बोकेको रानीघाट दरबारपनि उत्तर बाहिनी कालीनदिकै सतहदेखि निर्माण भएको छ ।
(प्रेमको प्रतिक) प्रेम दिबसको उपलक्ष्यमा राज्यसत्ताका समस्त पाठकहरुमा मंगलमय शुभकामना ।

