रुपन्देही लागु औषध विक्रि वितरणको ट्रान्जिट प्वाईन्ट बन्दै

Read Time:2 Minute, 27 Second

गोविन्द घर्ति

रुपन्देही , माघ २९ – रुपन्देही लागु औषध विक्रि वितरणको ट्रान्जिट प्वाईन्ट बन्दै गएको प्रहरी बरिष्ठ उपरिक्षक अञ्चल प्रहरी कार्यालय प्रमुख मिङ्गमार लामाले बताएका छन् । 

नेपाल मगर संघ बुटवलनगर समितिले अयोजना गरेको लागु औषध न्यूनिकरण तथा सचेतना कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । रूपन्देही खुल्ला सिमानाका कारण लागु औषधको कारोवार बढ्दै गएका कारण अबको १०/१२ बर्ष पश्चात योग्य तथा बुद्धिजिबी व्यक्ति यस क्षेत्रमा बस्न लायक नहुने बताए। विगत ३ बर्ष यता तिब्र रूपमा लागु दु्रव्र्यसनीको संख्या बढेको भन्दै रूपन्देहीका  कारागारले अपराधीलाई थेग्न समेत नसक्ने लामाको भनाइ थियो ।

नेपाल मगर संघ बुटवलनगर समितिका अध्यक्ष किसन बहादुर रानाको सभापतित्व, उपाध्यक्ष गोपाल बहादुर चौहानको स्वागत र सचिव मनोज रानाको सञ्चलनमा भएको कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय प्रमुख सुशिल कुमार यादव, ईलाका प्रहरी कार्यालय प्रमुख दिनेश आचार्य, नेपाल आदिवासी जनजाति महासंघका निर्वतमान जिल्ला अध्यक्ष होम बहादुर गलामी, ­(­फोनिज) जिल्ला अध्यक्ष मिलन गाहा, समाजसेवी गोपाल राना, नेपाल मगर संघ नगर समिति बुटवलका सल्लाहकार भोज प्रसाद बुढाथोकी, सल्लाहकार मन बहादुर थापा लगाएतले बोल्दै वर्तमान अवस्थामा सबैभन्दा विनासकारी र महामारी समस्याको रुपमा लागुपदार्थ रहेको भन्दै यसको न्युनीकरणका लागि अभिभावकहरुनै सचेत र सजग हुनु पर्नेमा जोड दिएका थिए ।

बरिष्ठ उपरिक्षक मिङमार लामा र सोसाइटी सपोट गु्रपका मिङ्ग सेनले सहजीकरण गरेका थिए।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %