अनिश खालिङलाई बचाउन थप रकम संकलन

Read Time:1 Minute, 29 Second

देब पचभैया / पाल्पा

काठमाडौं, २७ माघ –अनिश खालिङ बचाउ अभियानले थप रकम संकलन तथा हस्तान्तरण गरेको छ । दुबईमा मृत्यु दण्डको फैसला सुनाइएका खालिङको जीवनरक्षाका लागि एक महिना अघिबाट रकम संकलन अभियान शुरु गरेको हो । अनिश खालिङ बचाउ अभियानले सोमबार पत्रकार सम्मेलन गरी खालिङकी श्रीमती रबिता खालिङलाई थप ८ लाख ५ हजार १ सय ९ रुपैंया हस्तान्तरण गरेको हो ।

हालसम्म चाबहिल स्थित ग्लोबल आईएमई बैंकमा ३८ लाख ७० हजार ६ सय ६९ रुपैंया संकलन भएको अनिश खालिङ बचाउ अभियानले जनाएको छ । सोमबार हस्तान्तरण गरिएको रकम सहित ४६ लाख बढी रकम संकलन भएको हो ।

 

दुबई अदालतले तोकेको ५६ लाख नेपाली रकम ब्लडमनी संकलन गरी अनिश खालिङलाई बचाउन देश विदेशमा रकम संकलन गर्ने कार्य तिब्र भईरहेको छ । मृत्यु दण्डको सजाय सुनाइएका खालिङको जीवन रक्षाका लागि सहयोग गर्न चाहनेले काठमाडौंको चाबहिल स्थित ग्लोबल आईएमई बैंकको खाता नम्बर ३७०७०१०००३७०४ मा रकम जम्मा गर्न सकिने पनि अभियानले जनाएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %