गजल !
पदमा लिंखा मगर /युए.स.ए
जुनी जुनी कुर्छु बरु, पर्न सकूँ नजरमा
अन्तर्मनले रोजेको छु, मोह हैन बदनमा
प्रेम शब्द व्यक्ति पिच्छे, छुट्टा छुट्टै
परिभाषा
कोइली गाउँछे रमाएर, न्याउली गाउँछे
विरहमा
सोचे जस्तै पाउने भए, माग्थें होला मैले
पनि
समुद्रको छाल झैं बग्छु, मनभित्रको
बहावमा
भावनाको बाढी थुन्न, झनै गाह्रो हुँदो
रै’छ
कोशिस राख्छु अडाउन, चोखो मनको
यो बाँधमा
तिम्रो मनले चुन्न सक्छौ, हजारौंको
भींडबाट
रोजाइमा गुलाफ पर्ला “पदमा” सधैं
विकल्पमा
(गजल तथा गीतकार लिंखा मगरको नया एल्बम ‘नजर’रिलिज भएर श्रोता सामु बजारमा आईसकेकोछ)
———-००००००००००———-