नेपाली मगर संघ युएई क्षेत्रिय समिति दुबईको भेला सम्पन्न

Read Time:2 Minute, 55 Second

युएई/दुबई ,

१ फेबुरी , सगौरव राष्ट्रिय पहिचान बोकेको नेपाली मगर संघ युएई क्षेत्रिय समित दुबईको भेला सम्पन्न भएको छ । संघका केन्द्रीय सल्लाहकार एवं समरक्षक प्रिथिछक बुढा मगरको प्रमुख अतिथिमा र मनोज काउछा मगरको अध्यक्षतामा दुबईको मेट्रोपार्कमा सम्पन्न भएको भेलाले अध्यक्ष मनोज काउछा मगरको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

उपाध्यक्ष थाम बहादुर घर्ति मगर,

सचिव टपन घर्ति मगर,

कोषाध्यक्ष चित्र थापा मगर

सदस्यहरुमा:   सुशी पुलामी मगर,

सुरज राना मगर,

गलेंद्र मगर,

गोपी सारु मगर,

गीता पुलामी मगर,

कविराज बुढा मगर र सन बहादुर बुढा मगर रहेको कार्य समितिले किशन थापा मगरलाई सल्लाहाकारमा चयन गरेको छ ।

नेपाली मगर संघ युएईलाई पुनर्जीवित गरिएपछी संगठन विस्तारको शिलशिलामा आयोजना गरिएको क्षेत्रिय भेलामा आफ्नो विचार राख्दै कार्यक्रमका प्रमुख अतिथि बुढा मगरले मन्तब्य राख्ने क्रममा । हाम्रो आफ्नो जातीय पहिचानको लडाई उत्कर्षमा पुगेको अवस्थामा राष्ट्रिय पहिचाननै छाडियो भने राज्य संग हामीलाई जातीय पहिचानको अधिकार माग्ने कुनै नैतिक अधिकार नहुने बताए ।

वर्तमान परिपेक्ष्यमा प्रवासमा रहेका नेपाली आदिवासी जनजाति संगठनमा जातीय पहिचान सहित राष्ट्रिय पहिचानको मुद्दा अझ पेचिलो बन्दै गएकोले त्यस तर्फ हामि सवैको ध्यान जान जरुरि भएको पनि बताए ।

सोहिक्रममा नव निर्वाचित अध्यक्ष काउछा मगरले दुबई क्षेत्रमा रहनु भएका सम्पुर्ण नेपाली मगर हरुलाई राष्ट्रिय पहिचान र जातीय पहिचानको मर्म र यसको भावना एवं राष्ट्रिय पहिचान गुमाउदाको अवस्था वारे बुझाई नेपाली मगर संघ युएईमा संगठित गराउन हाम्रो टिम आफ्नो बुद्दी,विवेक र क्षमताले भ्याए सम्म लागि पर्ने बताए ।

भेलामा संघका अध्यक्ष चन्द्र सारु मगरले नव निर्वाचित कार्य समितिलाई पठाएको वधाई तथा शुभकामना पढेर सुनाईएको थियो ।

सुशी पुलामी /युएई

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %