नेपाल मगर संघ गणतन्त्र कोरियाको छैठौ अधिवेशन सम्पन्न

Read Time:1 Minute, 48 Second

सिओल कोरिया

सन २००२ मा स्थापना भएको नेपाल मगर संघ गणतन्त्र कोरियाको छैठौ अधिवेशन सउल स्थित नेपाल हाउसमा सम्पन्न भएकोछ । मगरहरूको बृहत उपस्थिती रहेको उक्त भेलाले नयाँ कार्यसमिति सर्बसम्मत चयन गरिएकोछ ।

जसमा:   अध्यक्ष -पुरण राना मगर ,  

वरिष्ठ उपाध्यक्ष – खडक थापा मगर ,  

उपाध्यक्ष – गुण रानामगर ,

महासचिव – सी. पी. थापा मगर ,

सचिव – अर्जुन थापा मगर ,  

कोषाध्क्ष- मनु रोका मगर ,

सह-कोषाध्क्ष – बिक्रम राना मगर

 

सदस्यहरूमा : – नगेन्द्रथापा मगर ,

-सुब्बा राना मगर ,

-अर्जुन बिरकट्टा मगर ,  

-मनु काउचा मगर ,

-शुशिला थापा मगर र  

-स्निका थापा मगर चयन भएका छन् ।

उक्त कार्यक्रममा बोल्दै भु .पु. अध्यक्ष हेम थापा मगरले प्रबासमा बसे पनि आफ्नो भाषा , कला सस्कृति कदापी भुल्नु हुदैन भन्दै  मगरको चाड माघे सक्रान्ती हरेक बर्ष मनाउदै आएको बताए । सोही अबसरमा कोषाध्क्ष मनु रोका मगरले आर्थिक आय ब्यय प्रस्तुत गरेका थिए ।

 

नव निर्बाचित कार्यसमितिलाई भु .पु. अध्यक्षहरू अप्त पुन मगर , खडक पुन मगर , हेम थापा मगर र झक थापा मगरले आगामी दिनमा नेपाल मगर सँघ गणतन्त्र कोरियाले अझै सफलता पाओस भन्दै बधाई तथा शुभकामना मनतव्य दिएका थिए भने कार्यक्रम् संचालन यम श्रीस मगरले गरेका थिए ।

 

निश्चल काउचा / सिओल कोरिया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %