पाल्पा,
माघ १६ ,गाडीको ठक्करबाट पाल्पाको दोभानमा एक जनाको मृत्युभएको छ । हिजो बेलुकी ९ बजेतिर मादक पदार्थ सेवनगरी बाटोमै सुतेका दोभान ९ जमुनेका ३३ बर्षिय शंकर घिमिरेलाई बसले ठक्कर दिएको र उनको घटना स्थलमै मृत्यु भएको दोभान प्रहरीचौकीले जानकारी दिएको छ ।
गाडीधनीको घर दोभान ५ टोल भन्ने स्थानबाट दोभानको मुख्य सडकमा आउदै गरेको बुटवल दर्लमडाडा संचालन हुने लु १ ख ३१८८ नम्बरको बसले घिमिरेलाई ठक्कर दिएको थियो । मृतकको शब र चालक अनि बस लाई आज बिहान जिल्ला सदरमुकाम तानसेन ल्याईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।
देब पचभैया
