गोविन्द घर्ति
देवदह माघ, १५ । शिक्षामन्त्री माधवप्रसाद पोखरेलले प्राबिधिक शिक्षालाई हरेक जिल्लामा पु¥याउनका लागि सरकारले काम गरिरहेको बताउनु भएको छ । उहाले प्राबिधिक शिक्षाबाट मुलुकको प्रगति पनि गर्न सकिने र प्राबिधिक शिक्षा तर्फ युवाहरु आकर्षित पनि भएकाले सरकारले सहज र सर्बशुलभताका लागि प्राबिधिक शिक्षालाई जिल्ला जिल्लामा पु¥याउनका लागि काम अंगाडी बढाएको जानकारी गराउनु भयो । त्यस्तै कक्षा ८ सम्मको शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनका लागि पनि सरकारले काम गरिरहेको बताउनु भयो ।
शिक्षा अनिवार्य नहुँदा र निशुल्क पनि हुन नसक्दा गरिव जनताका छोरा छोरी शिक्षाबाट वञ्चित समेत हुनु परेकोले निःशुल्क र अनिवार्य शिक्षाका लागि सरकारले प्रकृया अन्तिम चरणमा पु¥याएको समेत दावी गर्नु भयो । रुपन्देहीको देवदहमा रहेको केरवानी उच्च माबिको हीरक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उहाले शिक्षा क्षेत्रमा रुपन्देही र देवदह क्षेत्र अग्रणी रुपमा रहेको भन्दै शिक्षाको बिकासका लागि रुपन्देहीले राज्यलाई नै मार्गदर्शन गर्न सक्ने बिश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा उच्च माध्यमिक शिक्षा परिषदका सदस्य सचिव भिमलाल गुरुङ्गले ग्रामिण भेगमा पनि उच्च माबि सञ्चालनमा आउँदा ग्रामिण परिवेसका जनताको शिक्षामा पहुच पुग्दै गएको बताउनु भयो । सदस्य सचिव गुरुङ्गले उच्च शिक्षालाई राज्यले अनुदानको व्यवस्थ ागर्न नसक्दा समस्या झेल्नु परेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री छविलाल बिश्वकर्मा, रुपन्देहीका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारी, पर्साका सहायक जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजक, देबेन्द्र घिमिरे, जिवलाल पराजुली, कदरबहादुर रायमाझी, रमेश मुनाङकमी, कुलप्रसाद लामिछाने, कृष्ण ढकाल, पदम थापा, ऋषिश्वर अर्याल, झिल्लुप्रसाद न्यौपाने, मित्रलाल खरेल, ऋषिराम लामिछाने, दिनानाथ अर्याल, खेमानन्द ज्ञवाली, दण्डपाणी भट्टराई लगायतले बोल्दै गुणस्तरयुक्त शिक्षाका लागि गुणस्तरीय लगानीको आवश्यकता रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्रार्चाय मित्रलाल न्यौपानेले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । चन्दा अधिकारीको स्वागत र शिक्षक कृष्ण न्यौपानेको संचालनमा भएको कार्यक्रममा विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
