देवदह ,

माघ १५ , देवदह क्षेत्रमा रहेर शैक्षिक विकासका लागि कलम चलाउने पत्रकारहरुलाई सम्मान गरिएको छ । केरवानी उच्च माविको हीरक महोत्सवको अवसरमा पत्रकारहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा खेमराज आत्रेय, सिद्धिचरण भट्टराई, यमराना, भिम गुरुङ्ग, त्रिलोचन दाहाल, झविन्द्र देवकोटा, राज्सत्ताका पत्रकार गोविन्द घर्तिमगर , पवन पौडेल लगायत रहनु भएको छ । त्यसैगरी सोही कार्यक्रममा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योग्दान पु¥याएको भन्दै कोमल प्रसाद पाण्डे, दुर्गा प्रसाद अर्याललाई समेत सम्मान गरिएको थियो । सोही कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्री माधव प्रसाद पौडेलले बिद्यालय स्थापनाको ६० वर्ष पुरा गरेको अवसरमा निर्माण गरिएको हीरक स्तम्भ र विज्ञान भवनको उद्घाटन गर्नु भएको थियो ।
पत्रकार गोविन्द घर्तिमगरलाइ राज्सत्ता परिवार हार्दिक बधाइ ज्ञापन गर्दछ ।
