बाग्लुंगमा मानबअधिकार उल्लङ्घनका बिश‏

Read Time:2 Minute, 30 Second

अशिम केसी ,

बाग्लुंग माघ १० , पछिल्लो नौ महिनामा बाग्लुंग जिल्लामा मनबधिकार सम्बन्धि बिभिन्न्न १९ घटना घटेका छन् ।शान्ति समाज बाग्लुंगले जिल्लामा कुटपिट,अपहरण,संबिधान सभा निर्बाचनमा भएका बिभिन अराजक गतिबिधि,बालअधिकार हनन,महिला हिंसा,बलात्कारको प्रयास र बहुबिबाह लगायतका विभिन्न १९ वटा मनबधिकार उल्लङ्घनका घटना भेटिएका हुन् ।

समाजले हरेक बर्ष प्रकाशित गर्ने मनबधिकार बर्ष पुस्तकको आज बाग्लुंग सदरमुकाममा आयोजित पूर्व समिक्षा कार्यक्रममा शान्ति समाज जिल्ला प्रतिनिधि विकास खड्काले केहि बर्ष अगाडिसम्म मनबधिकार हननका १०० भन्दा बढी घटना भएको रिपोर्ट पठाएको स्मरण गर्दै अहिले दर्जनको हाराहारीमा घट्ना सिमित हुनु सकारात्मक भएको बताउनु भयो ।

समाजका प्रतिनिधि खड्काले प्रतिबेदन सार्बजनिक गर्दै पछिल्लो नौ महिनामा घटेका मनबधिकार उल्लङ्घनका घटना मध्ये ने.बि. संघ अध्यक्ष हरिहर शर्मा सहित उनको परिवार लाइ कुटपिट गरिएको,सिगानामा तरुणदल अध्यक्ष थम्मन कार्की लाइ अपहरण गरिएको र अर्जेवामा निर्मला शर्मा लाइ  सासु-ससुरा द्वारा कुटपिट गरिएको घटनाका दोषीलाई प्रशासन को आडमा अझै कारबाही नगरिएको बताउदै समाजमा राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतिकरण गर्न खोजिएको बताउदै अपराधमा संलग्न जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

कार्यक्रममा उपस्थित राजनीतिक दल, मानबअधिकारबादी संघसस्था,पत्रकार लगायतले सभ्य समाज निर्माणको लागि मनबधिकार उल्लङ्घन रोक्न सबै सचेत हुनुपर्ने बताए । कार्यक्रम सार्थक संचार सहकारीका अध्यक्ष लक्ष्मी पन्त र शान्ति समाज प्रतिनिधि बिरबहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %