भिसी बाट जनमुक्ति परित्याग,संघीय लिम्बुवानको सल्लाहकार समाते

Read Time:2 Minute, 49 Second

दमक ,झापा

 

माघ १० , मन्च सम्द्ब संघीय लिम्बुवान राज्य परिषदले दमकको उध्योग बाणिज्य संघको हलमा एक कार्यक्रम आयोजना गरि सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेलिरहनु भएका निम्न व्यक्तिहरुलाई परिसदको केन्द्रीय सल्लाहकार पदमा मनोनयन गरि मनोनयनपत्र प्रदान गरेकोछ ।

मनोनयन पत्र वितरण गर्दै परिसद का केन्द्रीय अदक्ष्य कुमार लिङदेन मिराक ले ”सामाजिक क्षेत्र का अग्रज व्यक्तिहरु मन्च सम्बद्द सलिरापको सल्लाहकारमा नियुक्ति भए पछि लिम्बुवान आन्दोलनले थप उचाई लिने छ ” भन्दै ” कथित संबिधान सभा २ बाट पहिचान सहितको संबिधान आउने छैन ,त्यसैले अरुण सप्तकोशी पूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्राप्त गर्न मन्च सम्बद्द सलिराप ले निर्णायक आन्दोलनको तयारि गरिरहेको छ ” भनि जानकारी दिए ।

लिम्बुवानको केन्द्रीय सल्लाहकारमा मनोनयन भएका व्यक्तिहरु :-

१ ,भी सी राम बहादुर बेघा लिम्बु ,दमक

२ ,समाजसेवी मेहेरमान लिङदेन ,दमक

३ ,समाजसेवी मेहेरमान लाबुंग उर्लाबारी

४ ,इन्जिनियर तिलक प्रसाद रिजाल ,बिराटनगर

५ ,ज्योतिष पण्डित बिध्या बा सिताराम (सोम )लुइँटेल

६ ,सेसेमी से नाल्बो ,दमक

७ ,अभिमाया नाल्बो ,उर्लाबारी

८ ,अमर बहादुर खम्बु राइ ,तोपगाछी

९ ,सेसेहांग फियाक ,दमक

१० ,लैंन सिं भण्डारी ,दमक

११ ,अशोक श्रेष्ठ ,विराटचोक

१२ ,पूर्ण बहादुर गुरुङ ,सतासी झापा

 

यसरिनै नौ वटै जिल्ला ,उपत्यका ,प्रबास समिति हरुबाट केन्द्रीय सल्लाहकार हरु मनोनयन गरि परिसदको संगठन बिस्तारलाइ तिब्रता दिइनेछ ।

कार्यक्रम दमक नगर अध्यक्ष लिला थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै ,मन्च सम्बद्द संघीय लिम्बुवान राज्य परिसदले प्रकाशित गरेको ” संघीयता र लिम्बुवान आन्दोलन सम्बन्धि अध्ययन सामग्री भाग -१ ” पनि सहभागी हरुलाई वितरण गरिएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %