पाल्पाको चापपानी गाविस पूर्ण साक्षर घोषित

Read Time:1 Minute, 57 Second

देब पचभैया

पाल्पा, माघ ८ गते

उत्तरी  पाल्पाको चापपानी गाउँ बिकास समितिलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । आज  एक समारोहका बीच चापपानी गाउँ बिकास समितिलाई पूर्ण साक्षर गाविस

घोषणा गरिएको हो । यो सँगै चापपानी गाविस पूर्ण खोपयुक्त, खुल्ला दिसामुक्त र पूर्ण साक्षर गाविस भएको छ । यसरी तीनवटै घोषणा गर्नेमा चापपानी गाविस जिल्लामै पहिलो बनेको छ । कार्यक्रमका प्रमुख अतिथि स्थानीय बिकास अधिकारी दीर्घ बहादुर पोखरेलले चापपानी गाविस पछिल्लो समय जिल्लाकै नमुना गाविसको रुपमा अगाडि आएको भन्दै बधाई ज्ञापन गर्नुभयो ।

उहाँले चापपानीको पाठ अरु गाविसहरुले समेत सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले मदनपोखरा पछि चापपानी गाविसले पूर्ण साक्षर गाविस घोषणा गर्न सफल भएको भन्दै बधाई ज्ञापन गर्नुभयो । सोही अवसरमा जिल्ला शिक्षा कार्यालयका उपसचिव दीपेन्द्र ढकालले चापपानी गाविसमा १५ देखि ६० वर्ष उमेर समूह अन्तरगत ९९.३२ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक पेश गर्नुभयो ।

कार्यक्रममा साक्षर चापपानी घोषणा गर्ने सम्मको अवस्थामा ल्याइपुर्याउनका लागि सहयोग गर्ने संघसंस्था तथा ब्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %