सुचना बिभागको ३ दिने घुम्ति शिबिर आज बाट पाल्पामा शुरु

Read Time:4 Minute, 26 Second

पाल्पा,

माघ २ , नेपाल पत्रकार महांसघका अध्यक्ष शिव गाउँलेले समाजमा प्रशस्त पैसा भएका अनी समाजप्रति उत्तरदायि भएका व्यक्तिहरुले मात्रै मिडिया संचालन गर्नुपर्ने बताउनु भएको छ । अहिले अरुको देखासिकी गरी जग्गा बेचेर मिडिया खोल्ने अनी ३ महिना पछि कर्मचारी पाल्न नसक्ने अवस्था देखिएको अध्यक्ष गाउँले बताए

सुचना विभाग काठमाडौ , नेपाल पत्रकार महासंघले पाल्पाको तानसेनमा आज देखी  आयोजना गरेको पश्चिमाञ्चल स्तरीय ३ दिने पत्रकार परिचय पत्र वितरण घुम्तिी शिविर तथा अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष गाउँले अहिले पत्रकारहरु  विस्तारै शुद्धिकरण हुदै गएको बताए । सुचना  विभाग बाट प्रदान गरिने परिचय पत्र पहिले जस्तो तस्कर, ठेकेदारहरुले लिने परम्परा  बन्द हुदै गएको  उनले बताए । सहभागिहरुले पत्रकार महासंघ संचार गृह, र सुचना विभागको छुट्टा छुट्टै परिचय लिनुभन्दा एकै स्थान बाट महासंघले परिचयपत्र उपलब्ध गराउनु पर्ने जोड दिएका थिए ।

सुचना विभागका महानिर्देशक लक्ष्मी विकास कोईरालाले पत्रकारहरुको पेशागत हकहित सुरक्षित गर्न, राज्यले दिने सुविधा पत्रकारहरुको पहुचमा पुर्याउनको लागी अनिवार्य रुपमा विभाग बाट जारी पेश पास लिनुपर्ने बताए  ।

 अहिले भईरहेको विज्ञापन वितरण प्रणाली, पत्रिकाको बर्गिकरण प्रणाली वैज्ञानीक नभएको बताउदै पत्रिकाको  अनुगमनमा जादा तराई क्षेत्रमा बाट पत्रकारहरुले नै लखेटेको महानिर्देशक कोईराललाले गुनासो गरे ।

प्रकाशन गृहले सही सुचना नदिने, फोनको भरमा प्रकासिशत संख्या टिपाउने, महिनाभरीको पत्रिका एकैचोटी छापि बर्गिकरणको लागी सुचना विभाग र प्रेश उन्सीलमा पठाउने  जस्ता गलत कृयाकलाप लाई सुद्धिकरणको लागी जिल्ला  जिल्लामै अधिकार प्राप्त  जिल्ला स्तरीय समिति गठन गर्नुपर्ने महानिर्देशक कोईरालाले बताए ।

 

कार्यक्रममा सुचना विभागमा निर्देशक कृष्ण प्रसाद पोखरेलेले सचारक्षेत्रको लागी विधमान कानुनी व्यबस्था र सेवा प्रवाहमा सुचना विभागको भुमिका र अग्रज पत्रकार बालकृष्ण चापागाईले पश्चिमाञ्ल क्षेत्रको पत्रकारीताको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्र माथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मोहन चापागाई र रुद्ध भट्टले टिप्पणी गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, बरिष्ठ  पत्रकार मेघराज शर्मा, नेपाल पत्रकार महासंघ कास्की का सभापति  बद्रि विनोद प्रतिक, नेपाल आदिबासी जनजाति पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक देब पचभैया मगर  लगायतले बोलेका थिए ।

कार्यक्रम महासंघ पाल्पाका  अध्यक्ष भगवान भण्डारीको सभापतित्वमा , उपाध्यक्ष राजेश कुमार अर्यालको स्वागत र सचिव रेखिराम रानाको संचालनमा भएको थियो । ३ दिने शिविरमा  सुचना विभाग बाट प्रदान गरिने पत्रकार परिचय पत्र वितरण, नविकरण, पत्रिका, दर्ता, नामसारी, लगायतका विभाग बाट हुने सवै किसिमका काम हुने बताईएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %