तनहूँ ,
पौष ३०, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट सभासद बन्नु भएका माननीय सभासद शिबलाल थापा मगर यतिखेर आफ्नो गृह जिल्ला तनहूँको बिभिन्न कार्यक्रमहरुमा सरिक हुँदै आउनु भएका छन । तनहूँको बिकट मानिने कोटा गा.बि.स.को नरम गाउँमा हिजो उहाँकै सम्मानमा आयोजित एक कार्यक्रममा सरिक हुँदै उहाँले भन्नु भयो “अब हाम्रो पहिलो काम भनेको जनताले दिएको म्यान्डेट अनुसार जनसंबिधान बनाउनु हो । संबिधान सभा भाग एकले पुरा गर्न बाँकी रहेका संबिधान निर्माणका कामहरु पुरा गर्नु ,पहिचान सहितको संघियता ,संघियता सहितको संबिधान बनाउनु आफ्नो पहिलो कर्तब्य रहने कुरा बताउनु भयो ।
आफ्नो दोस्रो काम भनेको संसदको भुमिका निर्बाह गर्नु पनि हो,भन्नु भयो । आफु तनहूँको दक्षिणी दुर्गम कछार भनेर चिनिने भिर्कोट गा.बि.सको काफलडाँडा जन्मि हुर्केको प्रसंग उल्लेख गर्दै बिकास निर्माणको क्रममा यसैक्षेत्र लाई जोड दिने कुरा ब्यक्त गर्नु भयो । एक अर्को प्रसंग उहाँले भन्नुभयो “हाल तनहूँ जिल्लाले आठ जना सभासद पाएका छन । हामी बिभिन्न दलका सभासद भएर पनि हामी आठै जना सभासदहरुले यस्तो सहमति गरेका छौ कि तनहूँको हितको बिषयमा आठै जना सभासद एकमत हुने, कसैले कसैको खण्डन नगर्ने भनी आफुहरुको बैठकमा सहमति भएको कुराको खुलाशा गर्नु भएको छ ।
हाल तनहूँ जिल्लामा नेपाली कँग्रेसको तर्फबाट रामचन्द्र पौडेल , रामचन्द्र पोख्रेल , ध्रेवा वाग्ले, शंकर भण्डारी र झुलबहादुर आले सभासद भएका छन भने राष्ट्रिय जनमुक्ति पार्टीको तर्फ बाट पार्टी बरिष्ठ उपाध्यक्ष शिबलाल थापा मगर, एमालेको तर्फ बाट टुकराज सिक्देल,र एकिकृत माओबादीको तर्फ बाट आशा खनाल सभासद भएका छन ।
खडक आले मगर / तनहूँ
