अमर दीप मोक्तान
येन तेन दोश्रो संविधान सभाको चुनाव सम्पन्न भएको छ । का्रग्रेस पार्टी अप्रत्यासीत परिणाम प्राप्त गरी प्रथम भएर दम्भित भएको छ भने एमाले दास्रो भएर छाती फुलाई गर्वित महशुस गरी रहेको छ । चतुर, वुद्धिमान भनी घमण्ड ले चुर भएको एमाओवादी अप्रत्यासीत परिणाम प्राप्त गरी प्रथम भएर दम्भित भएको छ भने एमाले दोस्रो पार्टी भएर छाती फुलाई गर्वित महशुस गरी रहेको छ । चतुर वुद्धिमान भनी घमण्डले चुर भएको एमाओवादी आफ्नै कारणले तेस्रो स्थानमा झरेको छ । प्रथम संविधान सभाको निमर्म हत्याले ठुला भनाउँदा राजनैतिक दलहरुमा सुविचारको चेतना पलाएको छ भन्ने सन्दर्भ मा यती मात्र भन्न सकीन्छ नेपालमा लोकतन्त्र ,प्रजातन्त्र, गणतन्त्र, समावेशीता मात्र देखावटी सावित भएको छ ।
ठुला पार्टी भनाउँदा दलको शिर्षथ स्थानमा विराजमान यथास्थितीवादी तथा पुरातनबादी सोचले ग्रसीत नेतारुमा पविर्तन को संकेत विलकुलै देखिएन । प्रथम संविधानसभा जे जस्तो भएता पनी समावेशी चरीत्रको देखिन्थ्यो भने दोस्रो संविभान सभा समावेशि को नाममा नातागोता, आसे पासे, दास प्रवृत्ति, धनाद्य वर्ग तथा परिवार का सदस्यको वाहुल्यताले स्थान ओगटेको छ । दोस्रो संविधान सभा बनावटि हेर्दा उपलब्धि हासिल गर्नेमा सदेह उत्पन्न भएको छ । प्रथम संविधान सभामा विशाल जनसंख्या भएका तामाङ्ग समूदाय लाई पाखा लगाइयो, अपमानित गरीयो, अपहेलित गरियो भने दोस्रो संविधान सभा चूनावमा महामुर्ख बनाइएको छ । तै पनी महामुख तामाङ्ग समूदाय किंचीत पनि तज्जावोध न गर्दै तामाङ्ग विदेशी पार्टीहरुको पूच्छर समातेर गर्व वोध गरी रहेको देख्दा आश्चर्य लागेको छ ।
नेपालमा तामाङ्ग समुदाय क्रमशः मृत जातिमा परिणत हुँखै गरहेको स्पष्ट रुपमा अनुभव गर्न सकिन्छ । कुनै जाति तथा समूदायको स्वाभिमान तथा सम्मान समाप्त हुने भनेको त्यो जातिलाई मृत घोषणा गर्नु हो । प्रथम संविधान सभामा अपेक्षा विपरित (१६ जना) तामाङ्ग सभासद चयन भएतापनि दोस्रो संविधान सभामा जनसंख्याको आधारमा नरम गरम मिलाई कम्तिमा २५ जना सभासद चयन हुनुपर्ने थियो तर दुर्भाग्य तामाङ्ग समुदायको मुर्खताको कारण प्रथम संविधान सभा भन्दा १ संख्या कम अर्थात १५ जनामा झरेको छ । कांग्रेस, एमाले पार्टी ले त तामाङ्ग समुदाय लाई अछुत नै ठानेका रहेछन् भन्ने प्रमाणित भएको छ । कांग्रेस तथा एमाले ले प्रत्यक्षमा ५/५ जना चयन गरेर अन्याय गरेका थिए भने समानुपातिमा त्यसको क्षतिपूर्ति गर्लान भन्ने थियो तर कांग्रेस एमाले ले २/२ सभासद मात्र चयन गरेर तामाङ्ग समूदायको घोर अपमान गरेका छन् । समानुपाति सीटका लागि २५०००।– (पच्चिस हजार मत) ले हिसाब गर्दा चार सदस्यको लगि एक लाख मत हुन्छ के यत्रो विशाल तामाङ्ग समूदायले कांग्रेस, एमाले लाई मात्र एक लाख मत दिएका हुन त ?
दोस्रो संविधान सभामा सोझा तथा सरल तामाङ्गद्धारा निक्षेपित मतमा रजाई गर्ने कांग्रेस एमालेले एक न एक दिन तामाङ्ग जनताको अदालतमा यस घृर्णात कुकृत्य को जवाफ दिने समय अवश्य आउने छ । तामाङ्ग समुदायको सरलता सोझोपन, इमानदारीता त्याग तथा निस्ठा लाई मूर्खता तथा कायरत सम्झने दलले एक न एक दिन त्यसको जवाफ दिनु पर्ने हुन्छ । प्रथम संविधानसभा चुनावमा गरेको भूल लाई सुधार गर्दै समानुपातिकमा तिन तामाङ्ग सभासद चयन गरेर एमाओवादी पार्टीद्धारा कत्ति हद सम्म तामाङ्ग समुदाय को दुखेको घाउमा मलहम पट्टी लगाउने प्रयास गरेको छ भने राप्रपा नेपाल तथा राप्रपा ले पनि तामाङ्ग समुदायको भावना को सम्मान गरेको देखीन्छ ।
सानु दल भए पनी ठूला छाति प्रकट गर्दै नाम अनुसार को कार्य गर्दै दलित जनजाति पार्टीले दुई सभासद मध्य एक सभासद यसोदा लामालाई चयन गरेर तामाङ्ग समुदायको असल हितैषि तेस्रो पार्टी सावित गरेका छ । उल्लेखित पार्टी बाहेकका नेपालका प्रायः ठूला तथा साना दलको दृष्टिमा कांग्रेस, एमाले पार्टी को व्यवहार जस्तै तामाङ्ग अछुत सावित भएका छन् । प्रथम संविधान सभामा एक हप्ते मन्त्रि भएपनि हित बहादुर तामाङ्ग मन्त्रि बनेका थिए । दोस्रो संविधानसभा असक्षम दास मनोवृत्तिका तामाङ्ग सभासदको चयन ले दोस्रो ऐतिहासिक संविधान सभामा तामाङ्ग समुदायको मात्र हुने सौभाग्य के मात्र हुन कुनै असर देखिँदैन । तामाङ्ग समुदायमा राजनैतिक भविश्य माथी प्रश्न चिन्ह लगाउने पार्टी को हुन भन्ने कुरा तामाङ्ग समुदाय विच छर्लङ्ग भएको छ ।
आदिवासी को नाममा केही प्रभावशाली आदिवासीलाई प्राथामिकता तथा मधेसी को नाममा मधेसका केही प्रभावशालि समुदायलाई मात्र प्राथामिकता दिने परिपार्टी को अन्त्य नभए सम्म नेपाली समाज सवल हुनै सक्दैन भनी ठोकुवा गर्न सकन्छि । प्रजातन्त्र प्राप्तीका लागि ज्यान न्यौछावर गर्ने उत्पिडित वर्गको शहीदले गणतन्त्र प्राप्ती भएको हो भनि मनन गर्न अत्यन्त जरुरी छ । सवै समुदाय प्रति समान व्यवहार तथा समतामुलक समाज स्थापना हेतू हजारौँ वलिदान स्वरुप गणतन्त्र स्थापित भएको हो । आदिवासि समूदाय मध्य ठूला जनसंख्या भएको तामाङ्ग समूदाय प्रति अहिले पनी ठूलाभनाउँदा दलहरुको भेदभावपूर्ण व्यवहारमा परिवर्तन देखिएको छैन । छिमेकी राष्ट्र भारतको दार्जिलिङ्गमा नेपालका पूर्वाग्रही नेताहरुले नजर दौडाए हुन्छ की तामाङ्ग समूदाय ले के सम्म गर्न सक्दो रहेछन् भनि ।
पश्चिम वंगाल मा सत्तासीन तृणमुल सरकारद्धारा तामाङ्ग समुदायको महत्व बुझेर तामाङ्ग समुदायको सम्मान तथा उन्नति का लागि तामाङ्ग विकास परिषद् स्थापनामा चासो देखाएको छ भने नेपालमा तामाङ्ग समुदायलाई अछुत ठानी तिरस्कार जारि छ । तामाङ्ग समुदायका स्वाभिमानलाई ठेस पुर्याउने तामाङ्ग जातिलाई समाप्त पार्न चाहने ठुला भनाउँदा राजनैतिक दल लाई तामाङ्ग समूदायले पनि सबक सिकाउनु नै पर्छ अथवा हमेशाका लागि दास गुलाम भएर बस्न स्विकार गर्नु पर्छ । चाणक्य सुत्रमा भनिएका छ यदि शत्रुलाई पराजित गर्न न सकीए त्यो स्थानको नै त्याग गर्नुपर्छ, स्थान त्याग गर्न नसके शत्रुको दास भएर जिवन व्यति गर्नु पर्छ, तामाङ्ग समूदाय कुन पथ रोज्ने तामाङ्गले सोच्नु पर्ने बेला आएको छ । नेपालमा सर्वगुण सम्पन्न तामाङ्ग समूदाय प्रति निरन्तर प्रहार तथा अन्याय को पराकाष्ठ नाघेको छ आदिवासी तथा मधेसी समूदायमा तामाङ्ग भन्दा धेरै कम जनसंख्या भएका जाति समुदायलाई ठूला भनाउँदा राजनैतिक दलको हेर्ने दृष्टिकोण तथा तामाङ्गलाई हेर्ने दृष्टिकोण कति सम्म पूर्वाग्रही रहेछ भन्ने कुरा तथ्यांकले जमीन आकासको फरक स्पष्ट रुपमा देखिन्छ ।
नेपालमा जस्तो सुकै परिवर्तनशिल राज्य व्यवस्था आएतापनि तामाङ्ग समूदाय माथी गरिएको अन्यायपूर्ण व्यवहार देख्दा कहिले काँही तामाङ्ग समुदाय नेपालका भूमीपुत्र नागरिक हुन भन्नेमा शंका उत्पन्न हुने गर्दछ । राजनैतिक शक्ति राज्यको अति महत्वपूर्ण शक्ति हो । पंचायतकाल देखि गणतन्त्र सम्म आई पुग्दा तामाङ्ग समुदायका राजनैतिक व्यक्तित्व लाई कहिले पनि प्रस्फुटन हुने मौका नै दिइएन अपवाद स्वरुप वुद्धिमान तामाङ्ग एक मात्र अनुहार हुन जो नेपाली राजनितिमा वरावार देखीए ।
गणतन्त्र नेपाल सवै जाति समुदायका लागि हो भने तामाङ्ग प्रति यत्रो ठूलो भेदभाव किन ? के तामाङ्ग असक्षम जाति हो त ?
नेपालका ठूला भनाउँदापार्टीले तामाङ्ग समूदायलाई दास, नोट बैंक ठानेका रहेछन् भन्ने कुरा क्रमश? प्रमाणीत भएको छ । दोस्रो संविधान सभा चूनावमा तामाङ्ग समुदायले गर्व वोध गर्ने एउटै मात्र उपलब्धि देखीएको छ । सिन्धुपाल्चोक क्षेत्र नं. ३ लाई आफ्नो जगीरदारी ठान्ने तामाङ्ग समूदाय लाई भोट बैंक तथा दास ठान्ने श्री चन्द्र शमशेरको वंशज मोहन शमशेर को नाति नेपालि राजनितिका हेविवेट पशुपति शमसेर जवरालाई पराजित गर्ने सौभाग्यशाली एमालेका शेर बहादुर तामाङ्ग नै परे । एमाले पार्टीले सिन्धुपाल्चोक क्षेत्र नं. ३ को विजय मा दम्भ नगरे पनी हन्छ एमालेद्धारा शेर बहादुर तामाङ्ग वाहेक कुनै अन्य समुदायका उम्मेदवार बनाइएका भए पशुपति शमशेर को रौ सम्म हल्लाउन सक्दैनथ्यो भन्ने कुरा ठोकुवा गर्न सकिन्छ । सिन्धुपाल्चोक क्षेत्र नंबर ३ को विजय एमालेको नभई उत्पिडीत तामाङ्ग समुदायको आक्रोश को विजय हो । पशुपति शमसेर जस्ता भिमकाय व्यक्तित्व लाई पराजित गर्ने शेर बहादुर तामाङ्गलाई एमालेले कसरी मुल्याङकन गर्दो रहेछन् हेर्न बाँकी छ ।
तामाङ्ग समुदाय पछाडी पर्नुमा तामाङ्ग वाहुल्य क्षेत्रबाट हमेशा विजय हासील गरी राजनितिका शिखर मा पुगेका पशुपति शमसेर, कमल थापा, प्रकाश चन्द्र लोहनी, रामशरण महत, प्रकाश शरण महत , अर्जुन के.सी. ले कहिले पनि तामाङ्ग को स्तरोन्त्रितिका लागि पहल गरेनन । उल्लेखित पात्रहरुले तामाङ्ग समुदायको पिछडापन को भरपुर उपयोग गर्दै आफ्नो राजनैतिक स्वार्थका कठपूतली झै गरी तामाङ्ग समुदायलाई हमेशा नचाए तथा हाल सम्म नचाइ रहेका छन् । तामाङ्ग समुदायलाई भोट बैंक, मुर्खमा सिमित रहोस् भनी आंकाक्षा राख्ने खलनायक पात्रहरुलाई तामाङ्ग समुदायले अवश्य हिसाव माग्नु पर्ने छन् । तामाङ्ग जनताको अदालतको कठघरामा ठूला भनाउँदा तामाङ्ग पूर्वाग्रही नेताहरुले जवाफ दिने समय अवश्य आउने छ । तामाङ्ग समुदायले शिर ठाडो पारेर आफ्नो सन्ततीका लागि नेपालको नागरिक सरह सम्मान, समान व्यवहार स्थान हासिल गराउन एकतावद्ध भएर राजनैतिक संघर्ष गर्नु नै पर्छ, तामाङ्ग समुदायलाई शत्रुवत व्यवहार गर्ने राजनैतिक दललाई चिन्हीत गरी त्यस्ता दलहरुलाई तामाङ्ग समुदाय ले पनी अछुत जस्तै व्यवहार गर्नुपर्ने समय को माग हो ।
भारतिय राजनिती मा एक क्षेत्र राज्य गर्ने कांग्रेस पार्टी पनि नेपालका ठूला पार्टी जस्तै भि.आई पी कार्यशैली को अनुसरण गरेको पाइन्छ , एक बर्ष आयु पनी नभएको राजनैतिक दल आम आदमी पार्टी ले भारतको मुटु, दिल्ली मा कांग्रेस पार्टी लाई घुलो चटाई दियो । आजभोली भारत बर्षको राजनितिमा आम आदमी पार्टीका अध्यक्ष केजरीवाल को चुनौति अगाडी ठूला भनाउँदा कांग्रेस तथा विजेपी मा ठूलो भूइचालो आएको छ । नेपालमा पनी भि.आई.पी कल्चरका अन्यायी ठूला भनाउँदा पार्टीहरु को दूदर्शाको दिन आउँदै छ ।
तामाङ्ग समुदायका स्व. भिम बहादुर तामाङ्ग, पारिजात, निर्मल लामा, गोपाल भुटानी, नेपाली राजनिति, कला साहित्यमा जे जस्ता महत्वपूर्ण योगदान दिएता पनि नेपालका क्रुर तामाङ्ग विद्धेषी राज्य व्यवस्थाले ति महान सपूतलाई उचित सम्मान दिएनन् । स्व. भिम बहादुरको वरखी (मृतुको एक बर्ष) पैतिृक स्थल दोलखाका झुलेमा सिमित भएको छ । एक बर्षमा कांग्रेस पार्टी ले महान त्यागी नेता भिम बहादुरलाई बिस्र्यो, भिम बहादुरको देहान्त अगाडी कसैले भिम बहादुरको सुध लिएनन । देहान्त पश्चात स्व. भिम बहादुर लाई तामाङ्ग मुखौटाको रुपमा प्रयोग गर्दै घडियाली आँशु बगाइयो । दोस्रो संविधासभामा अप्रत्यासीत रुपले प्रथम भएपछि कांग्रेसले तामाङ्ग समुदायलाई त बिस्र्यो साथै स्व. भीम बहादुरलाई पनी झुलेको निरिह तामाङ्ग सरह व्यवहार गरेको छ । तामाङ्ग समुदाय माथी राज्य तथा ठूला भनाउँदा राजनैतिक दल द्धारा गरिएको पीडा असहनिय बन्दै गएको छ , तामाङ्ग वाहुल्य क्षेत्रबाट तामाङ्ग राजनैतिज्ञहरुको अस्तित्व समाप्त पार्ने प्रयास गरिएको छ । गणतन्त्र नेपालमा तामाङ्ग समुदाय जिवन मरणको दोसाँधमा उभ्भीएको छ ।
अव गम्भीर प्रशन छ अव पनी तामाङ्ग समुदायले तामाङ्ग विद्धेषी तामाङ्ग पूर्वाग्रही पार्टीको पुच्छर समातेर इतिहासको पानामा विलीन हुने हो की शिर ठाडो पारेर स्वाभिमानका साथ तामाङ्ग अस्तित्वलाई जोगाउने ?
एक सभासद बरावर लगभग पच्चीस हजार मतको दरले हिसाव गर्दा एमाले तथा काँग्रेसद्धारा आवन्टन गरीएको २/२ सीट पचास हजार मतको हिसावमा सभासद चयन भएको देखिन्छ । के तामाङ्ग समुदाय ले कांग्रेस एमालेलाई मात्र पचास हजार मत मात्रै दिएका हुन त ?
तामाङ्ग समुदायद्धारा समानुपातिक सभासद चयनमा निष्ठापूर्वक निक्षेप गरेको लाखौँ मतको कांग्रेस एमालेसँग हिसाव माग्नै पर्छ । तामाङ्ग समुदायद्धारा निक्षेप गरेको मत को बैंकर बनेका खासगरी कांग्रेस, एमालेले तामाङ्ग समुदायका द्धारा निक्षेपित मत को हिसाब दिनुपर्ने हो वा होइन ? कांग्रेस, एमाले पार्टी द्धारा तामाङ्ग समुदाय प्रति गरीए को अन्यायाको हिसाव दिएर भूल भएकोमा क्षमा माग्नुपर्ने छ अन्यथा दम्भ प्रकट गरीए भविश्यमा हुने भनिएको तामाङ्ग वाहुल्य संघिय प्रदेशमा भारतको कांग्रेस पार्टी जस्तै सफायामा हुने छन् । समानुपातिक चयन गर्दा कम्तिमा ३ जना तामाङ्ग सभासद हुनुपर्छ भनि गएको डेलिगेशनको भावनाको वेवास्ता गर्दै हैकमवादी तवरमा तामाङ्ग विद्धेषी कांग्रेस पार्टीले बल्ल तल्ल भिक मागे जस्तै गरी तामाङ्ग समुदायका लागि २ सभासद सिट आवन्टन गरिएको छ । दोस्रो संविधान सभा चुनावमा चुनिएका सभासदहको तामाङ्ग समुदायका कुनै कुनै संघ संस्थाले अभीनन्दन गर्ने कार्यक्रम हुनेछ तर याद रहोस दलित जनजाति पार्टीका सभासद यसोदा तामाङ्ग वाहेक तामाङ्ग विद्धेषी पार्टीका तामाङ्ग सभासदको अभिनन्दन गर्नु तामाङ्ग समूदाय प्रति घोर अपमान हुनेछ ।
दलित जनजाती पार्टीका का सभासद यसोदा तामाङ्ग वाहेकका अन्य पार्टी का सभासद तामाङ्ग मुखौटामा तामाङ्ग विद्धेसी पार्टीका दास हुन आफ्ना निजी स्वार्थका लागि तामाङ्ग समुदायलाई वलिको वोको बनाउने पात्र हुन् । कांग्रेस, एमाले ले प्रत्यक्ष तथा समानुपातिकमा अन्याय गर्दा मूक दर्शक भई बस्ने सभासदलाई अभिनन्दन होइन वहिस्कार गर्नु जरुरी छ । राष्ट्रको जुनीमा एक पटक हुने संविधान सभाको चूनाव दुर्भाग्यवस नेपालमा दोस्रोपटक भयो ठूलो भनाउँदा पार्टी मा लागेका तामाङ्ग मुखौटा धारीहरुका कारण दोस्रो संविधानसभा चुनावमा तामाङ्ग समुदायहरुले ठूलो क्षति वेहोर्नु परेको छ । विगतमा भएको भुल ले शिक्षा प्राप्त गर्दै भुल सुधार तर्फ उन्मुख हुन पर्दछ । तसर्थ अब तामाङ्ग समुदाय ले एकजुटता का साथ नेपालको ठुलो राजनैतिक शक्ति बन्ने प्रयास तर्फ अग्रसर हुनुपर्दछ । विगतमा जे भयो त्यसलाई विर्सीदै तामाङ्ग समुदायलाई अपमानित गर्ने अपहेलित गर्ने तत्वलाई पराजित गरीए मात्र तामाङ्ग स्वाभिमानको विजय हुने छ । तामाङ्ग समुदायलाई अवसरबाट वञ्चित बनाउने, पछाडी पार्न षड्यन्त्र गर्ने भोट बैंक सम्झने तत्वलाई तामाङ्ग जनताको अदालतको कठघरामा उभ्याई डण्डित गर्नु नै पर्छ ।