सबै भाषा धर्म संस्कृतिको संरक्षण गर्ने जिम्मा राज्यको

Read Time:2 Minute, 56 Second

रुपन्देही

पौष २७ , सबै भाषा धर्म संस्कृतिको संरक्षण संम्वद्र्धन गर्ने जिम्मा राज्यको भएको देवदहमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । खेमा तमु छोंज धिं देवदहले आयोजना गरेको खेमा धीं सभा घरको उद्घाटन तथा ल्होसार कार्यक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रमको उदघाटन गर्दै क्षेत्र नं १, रुपन्देहीका सभासद अव्दुल रज्जाकले विगतमा यो देशका एक पक्षिय राज्य समयन्त्रले देशमा रहेका सबै भाषा संस्कृतिलाई समान व्यवहार गर्न नसकेका कारण सबै फुलले समान फुल्न नपाएको बताउनु हुदै आफुले संविधान सभामा यो देशको पहिचानका रुपमा रहेको विभिन्न भाषा धर्म संस्कृतिहरुको संरक्षण सम्वद्र्धनका लागि आवाज बुलन्द गर्ने बताउनु भयो ।

नेपाली काग्रेसका रुपन्देही जिल्ला सभापति समेत रहनु भएका सभासद रज्जाकले सम्पुर्ण आदिवासी जनजाति एवं अल्पसंख्यक तथा उत्पीडित समुदायका पहिचानका रुपमा रहेको भाषा धर्म संस्कृतिलाई संरक्षण सम्वद्र्धन गर्न आफुले कुनै कसर वा“की नराख्ने बताउनु भयो । संस्थाका अध्यक्ष थमन सिं तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अनुगमन समितीका सदस्य भिम तमु, तमु भाषाका लिपिकार बाल नरसिं तमु, देवदह गाविसका सचिव टेकराज भट्टराई, समाज सेवी वासुदेव रिमाल, तमु पे ल्हु संघ रुपन्देहीका उपाध्यक्ष खडक बहादुर तमु लगायतले बोल्दै अहिले सम्मको जातिय धार्मिक सांस्कृतिक सहिष्णुतालाई कायम राख्नका लागि सबै आ–आफ्ना ठाउबाट लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा खेमा धिं निर्माणमा अर्थिक सहयोग गर्नु हुने महानुभावहरुलाई सम्मान गरिएको थियो । रीता तमु र कपिल तमुको सञ्चालनमा र उपाध्यक्ष टौ बहादुर तमुले स्वागतमा भएको कार्यक्रममा राष्ट्रिय लोक गायकहरु शर्मिला गुरुङ राजु गुरुङ र तेजु अर्याल लगायत स्थानीय कलाकारहरुले सांस्कृतिक प्रदर्शन गरेका थिए ।

गोविन्द घर्ति /रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %