बिरोधलाई बेवास्ता गर्दै ढुङ्गा , गिटि बेच्ने निर्णय

Read Time:3 Minute, 18 Second

देब पचभैया / पाल्पा,

पौष २६ , स्थानिय बासीको बिरोध पछि चार महिना अघि रोकिएको पाल्पाका बिभिन्न स्थानका ढुङ्गा , गिटि बेच्ने कार्यलाई निरन्तरता दिने पाल्पाका राजनैतिक दलहरुले निर्णय गरेका छन् । वाताबरणीय प्रभाब मुल्यांङ्गकन नगरेरै जिल्ला बिकास समिति पाल्पाले जिल्लाका बिभिन्न स्थानबाट ढुङ्गा , गिटि बेचेकोभन्दै  स्थानियले बिरोध गरी बन्द गराएका थिए । आज बसेको सर्बदलिय बैठकले बन्द भएको ढुंगा,गिटि निकासीको कार्यलाई फेरी निरन्तरता दिने निर्णय गरेका हुन् ।

पाल्पाको कोलडाडा, मस्याम र मदनपोखरा गाबिसका बासीन्दाहरुले स्थानिय खोलाबाट ढुङ्गा , गिटि निकाल्न शुरु भएपछि खोलाको पानी सुक्दै गएको, खेतबारीमा पानी चढ्न हराएको , कुलो कुलेसा बिग्रिएको, खोलाले कटान गर्दै गएपछि खेतबारी भड्किएको लगाएतका गुनासो गर्दे जिबिसको कार्यलाई रोक लगाएतका थिए । ३ बर्षको लागीभन्दै जिल्ला बिकास समितिले ५१ लाखमा पाल्पाका मस्याम, डुम्रे, चरचरे लगाएतका स्थानबाट ढुङ्गा , गिटि बेच्न ठेकेदारलाई अनुमति दिएको थियो ।

स्थानियको बिरोध हुदा हुदै जिबिसको अनुमतिमा ढुंगा निकाल्न शुरु गरे प्रतिरोध गर्ने संघर्ष समिति सचिब गणेश रास्कोटीले बताउनुभयो । गएको  ११ गते जिबिसले बोलाएको सर्बदलिय बैठकमा आफुहरुलाई अपमान जनक ब्यवहार गरेकाले आजको बैठक आफुहरुले अस्वीकार गरेको उहाको भनाई छ । खोलाका ढुंगा निकाल्न दिने वाला छैनौ, उहाले भन्नुभयो त्यहीभएर बैठकमा नगएका हौ ।

ढुंगा गिटि निकाल्न शुरु भएसंगै मस्याम र कोलडाडा जोड्ने झोलुंगे पुल भड्किन लागेको, खेतबारीमा लगिएका कुलोहरु बिग्रिएपछि आफुहरु आन्दोलित भएको संघर्स समितिका अर्का सदस्य दुर्गा थापाले बताउनुभयो । आज भएको सर्ब दलिय बैठकले स्थानियबासीहरुको मागलाई तत्काल संबोधन गरी ढुंगा गिटि निकासी तुरुन्त संचालन गर्ने निर्णय गरेको छ । जिल्ला बिकाससमितिका कर्मचारी राम पाण्डेका अनुसार कुलो कुलेसा मर्मत गरिदिने, मस्याम र कोलडाडा जोड्ने झोलुंगे पुल लाई मर्मत गरिदिने र त्यसलाई मोटरेबल बनाउनको लागी जिल्ला परिषदले पास गरी केन्द्रमा सिफारिस गरिदिने लगाएतको निर्णय भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %