सि,डि पसलमा आगो लाग्दा १० लाख बढीको क्षति

Read Time:56 Second

पौष २५ तानसेन ४ सिल्खानटोलमा रहेको रहमत सि,डि पसलमा आगो लाग्दा १० लाख बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आज बिहान सवा एक बजे बिधुत्त  सर्टभएर आगोलागी भएको हो । आगोलागी बाट पसलका सबै सामान जलेर नष्ट भएको छ ।

 पसलमा एक्कासी आगोलागी भएको थाहापाएर स्थानियले प्रहरीलाई खबर गरेका थिए । स्थानिय, प्रहरी र दमकलको सहयोगमा एक घण्टा पछि मात्रै आगोलाई नियन्त्रण लिईएको प्रहरी निरिक्षक कृष्ण सापकोटाले जानकारी दिनुभएको छ । छिमेकीले समयमै आगोलागेको जानकारी पाएको हुनाले पनि नजिकैका पसलहरुलाई असर नभएको बताईएको छ ।

देब पचभैया /पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %