निराक्षर महीलालाइ हाते मालो गर्दै अगाडि बडाउं

Read Time:7 Minute, 33 Second

समाज सेवा होस् वा जुन सुकै परिबेशमा पछि पारिएको महिलाको जिन्दगि आमाको गर्ब बाट होइन कि अन्धो संसारमा निस्किए पछि अन्धोनै बनाई दिएको जिन्दगि समाजको लागि केहि गर्छु भनेर निस्कदा पनि पुरुसत्व बादबाट लादिएको जिन्दगि तर हे महिलाहरु हो अब उठ , जाग अब निदाएर नबस , अब लादिएर बस्नु पर्ने  जिन्दगि छैन ।

  

किन भने आज हामी बिस्व भर छरिएर बसेका महिलाहरुले इतिहासको पाना पल्टाएर हेर्दा पहिचान बिहिन भएर बसेका रहेछौ । तर आज एक्काइसौ  सताब्दिमा आइ पुग्दा पनि कति महिलाहरु  आफ्नो पहिचान र चिनारी देखाउन नपाई पिंजडाको चरा जस्तो भएर बस्न बाद्देय भएको पाउछौ । तर अजै सम्म पनि महिलाको सोजो पनले र लजालु सोभावले समाज सेवामा होस् या जुन सुकै परिबेसमा बिद्रोहि सोभाव नभएकोको कारणले होला  अरू जो कोहिले हाम्रो फाइदा लि रहेका छन् । र महिलाहरुमा प्रतक्ष प्रभाव परेको छ । आफुमा भएको अनुसासनलाइ सामाजिक सस्थाहरुमा पनि उचित कुराहरु राख्न बिना हिच्किचावट कुनै बेला लज्जित वा सिकार बन्न पुगेका पाईनछ । भन्ने हो भनि महिलाको संख्या सहभागिताको आधारमा मात्र राखेर निर्णायक अबस्थामा पुरुसत्व प्रधान सुइकारेको देखिन्छ । एस्ता कामहरु हुदा महिलाको संख्या माटोको गमलामा राखिएको फुलको रुपमा देखिन्छ । 

हामी महिलाहरु खेलौनाको रुपमा प्रयोग गरिने खेलौना जस्तै भएका छौ । जता फर्कायो उतै फर्कने, डकर्ले बनाएको काठको मुर्ति जस्तो भएका छौ । त्यसै कारणले हामी पुरुष बादी चिन्तनलाई भित्रि आत्मा बाट त्यागेर आफु र आफ्नो महिलाको हक अधिकार धान्न र सिंगो समाज चलाउन सक्छु भन्ने आत्मा बल र हिक्मत लिएर हामी महिलाहरु हातेमालो गर्दै अगाडी बढ्नु पर्छ भन्ने मलाई लाइराछ । जब हामी सक्षम हुन्छौ तब हामी कसै बाट लादिनु पर्दैन । किन भने अहिलेको परिबेशमा हेर्ने हो भने देसको आधा भन्दा बढी जना संख्या ओगटेका हामी महिलाहरु राजनैतिक सामाजिक आर्थिक तथा सैक्षिक अधिकार र बिकाशका अवसरबाट बन्चित हुदै आएका छौ । त्यसै कारणले सदिइउ देखि महिला बिरुद्द हुदै आएका सोषर्ण हिंसा तथा उत्पिडनको अन्त्य  गरि  महिला अधिकारको संरक्क्षण तथा सम्बर्दन गर्नु पर्छ  भन्ने मेरो मान्यता हो ।

हिजोको दिनमा आदणर्निय दिदि बमकुमारी बूढा मगर र संगिनी राना मगर दिदीहरुले नेपाल मगर महिलाहरुलाई हिड्ने बाटो बनाई दिनु भएको थियो । हामीलाई आज  उहाँहरुको देनले गर्दा हामी आज जानी नजानी भनौ एउटा त्यो गोरेटोलाई पक्डदै हिड्दै छौ । तर अजै पनि हाम्रा अग्रज दिदि बहिनीहरु एक भएर  होस्टेमा हइसे गरेर  जान सकियो भने महिलाहरुको लक्क्ष के हो हामी त्यो गन्तब्यमा अबस्य पुग्ने छौ ।  म महिला भएको नाताले  महिलाको एकताको कामना पनि गर्छु । 

हामी संसार भरि छरिएर रहेका महिला दिदि बहिनीहरुले अहिलेको परिस्थितिमा के बुज्नु जस्तो लाग्छ भनि  हामी महिलाहरु कहाँ छौ ?  महिला के हौ ? महिलाहरुको भूमिका के हो ? महिलाहरुले आफुलाई कुन दर्जामा राखिएको छ ? यो सबै हामी महिलाहरुले गहिरो रुपमा हेर्नु पर्ने आबश्यक्ता छ । हिजो पनि यो अबस्थामा इतिहासको पाना खोतल्दा महिलाको कुनै पनि भूमिका नभएको अबस्था थियो ,भने आज पनि हामी महिलाहरु मुखमा पट्टि बाधेर बसेम भने  महिलाको हरेक क्षेत्रमा  हक अधिकार बिहिन भएर बस्ने कुनै ठुलो कुरा हुने छैन ।

यो कुराहरु भन्दा पुरुष बर्गहरुलाई अलि मेरा कुराहरु चित्त नबुज्न सक्ला तर पनि मेरो भनाइ के हो भने पुरुषको भाग खोस्न चाहेको चाइ होइन । भनेको मतलब पुरुषले जत्तिको हक पाउछन् उत्तिकै महिलाले पनि पाउनु पर्छ भन्ने मात्र मेरो मान्यता हो । कृपया पुरूषहरूले अन्यथा नसोच्नु होला । किन भने महिला महिला त एउंटै हुन्छन तर पहिला र अहेलेका महिलामा अन्तर छौ ।  हिजोका महिला दिदि बहिनीहरुले दासी भएर बसेको बाध्यता थियो भने अहिलेका महिलाहरु दासी होइन राज्यको हरेक निकायमा मालिक बनेको देख्न चाहन्छु  यो मेरो वादा हो ।

अब हामी राज्यको हरेक अंगमा महिलाको सहज पौज र सहभागिता सुनिश्चित गर्दै बिकाशका संरचनामा न्यायको सिदान्त स्तापित गरि महिला प्रति हुने सबै किसिमका हिंसा,भेदभाव र बिभेदको अन्त्य गर्न हामी मगर महिलाहरु अझ जागरुक हुन जरुरि देख्छु । महिलालाइ सदियौ वर्ष देखि राज्यले पछाडी पारि रहेकोले  महिलाहरु देश बिदेशका लागि पनि केहि योगदान दिन पनि तयार छौ  भन्ने हिक्मत लिनु पर्दछ । त्यस्तै अवसर र जिम्बेवारी पनले गर्दा नै समाजमा मगर महिला त छदै छौ अन्य सबै हाम्रा महिला दिदी बहिनीहारूले पनि आफ्नो जिम्बेवारी बहन गर्न सक्नु पर्छ ।

तर दु:खको कुरा आज सम्म पनि महिलाको हकमा समान सहभागिता र निर्णयाक भूमिका हरेक आन्दोलनमा रहेता पनि राज्यको कुनै पनि निकायमा आज सम्म समानुपातिक र समबेसिताका शिदान्तले प्रतिनिधित्वो हुन सकेको छैन । त्यसै कारणले गर्दा जति पनि हाम्रा अग्रज दिदि बहिनीहरुले जे बुज्दै जानु भएको छ, उहाहरुले नबुजेका दिदी बहिनीहरु लाइ माया र हौसला दिदै हाते मालो गर्दै  आफु जस्तै सक्षम बनाइ अगाडि बडाउन लाग्नु पर्छ । र बल्ल सम्पुर्ण महिलाको बिकाश र भलो अनि  एकताको हुन्छ ।

अनिता राना मगर ,बेलायत ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %