देवदह पौष २० ,
भाषा, संस्कार र संस्कृतिलाई संरक्षण गर्न अवका युवा पुस्ताले कलम चलाउनु पर्ने बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले आफनो भाषा र संस्कार जोगाउन सकिए मात्र जातिय अस्तित्व रहनेमा जोड दिएका थिए । नेपाल मगर लेखक संघ रुपन्देहीको बुटवलमा भएको भेलामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । नेपाल मगर लेखक संघ लुम्विनी अञ्चलका अध्यक्ष लोकनेश ढेगाको अध्यक्षतामा भएको कार्यक्रममा मगर लेखक संघका केन्द्रीय सदस्य हरीकला थापामगर, अञ्चल सदस्य गंगा पुन, पत्रकार गोविन्द घर्ति, भिममाया राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । भेलाले भिममाया रानाको अध्यक्षतामा ७ सदस्यीय नेपाल मगर लेखक संघ रुपन्देही गठन गरेको छ । जसको उपाध्यक्षमा तीर्थ कुमारी राना, सचिवमा लिला राना, सहसचिवमा चित्रबहादुर सुनारी, कोषाध्यक्षमा दिपक दर्लामी रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा निरु थापा, गोपाल थापा र सल्लाहकारमा गोविन्द घर्तिलाई चयन गरेको छ । सनु थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
गोविन्द घर्ति
