देब पचभैया पाल्पा ,
पौष २०,जिल्ला प्रशासन कार्यालय पाल्पाले अंकुर नामक खाने तेलमा अखाद्ध बस्तु भेटिएपछि जाच गर्न भन्दै दुई महिना अघि भैरहवा र काठमाण्डौ पठाएको रिपोर्टको अहिले सम्म नतिजा आएको छैन ।
दुई महिना हुदा पनि तेलमा मिसावट भए, नभएको जानकारी नआएपछि उपभोतmाहरुले अहिले फेरी अंकुर तेलको प्रयोग गर्न थालेका छन् ।
गएको कार्तिक २६ तानसेनको कैलाशनगर स्थित गगन स्टोर्स बाट स्थानियले किनेर घरमा ल्याएको तेलमा लेदो भेटिएको थियो । गोबिन्द ईन्डष्ट्रिड भैरहवा बाट उत्पादित अंकुर नामक तोरीको तेलमा बाक्लो लेदो सहित, चोक्टा चोक्टा मिसिएर धमिलिएको तेल भेटिए पछि जिल्ला अनुगमन टोलीले अनुगमन गरी गगन स्टोर्समा छापा मारी ६४ लिटर तेललाई बिक्रि बितरणमा रोक लगाएको थियो । अर्को आदेश नभएसम्मको लागी जिल्ला प्रशासन कार्यालयले बिक्रिबितरणमा रोक लगाएपनि तानसेनका अधिकांश पसलहरुमा अंकुर तेलको बिक्रि बितरण भैरहेको छ ।
लेदो मिशिएको तेलको परिक्षणको लागी भैरहवा र काठमाण्डौ पठाएपनि अहिले सम्म त्यसको आधिकारीका जानकारी नआएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नबराज बरालले जनाकारी दिनुभयो । भैरहवामा मेशिन बिग्रिएको भन्ने खबर छ , उहाले भन्नुभयो काठमाण्डौबाट कुनै जानकारी आएको छैन ।
केही महिना अघि रुपन्देहीमा अंकुर तेलमै मिसावट भेटिएपछि भैरहवामा गरिएको परिक्षणमा राम्रो देखिएको तर त्यही तेल काठमाण्डौमा परिक्षण गर्दा अखाद्ध बस्तु मिसावट भएको भेटिएपछि भैरहवामा कर्मचारीलाई केन्द्रले छानबिन गरेको समाचार बाहिर आएको थियो ।
६ महिना अघि पनि सुनकोशी र निर्मल ब्राण्डको तोरीको तेलमा अखाद्ध बस्तु भेटिएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले ति तेलहरु बिक्रि बितरणमा रोक लगाएको थियो ।
