बजारमा आयो शिरफूल

Read Time:1 Minute, 46 Second

मनोज घर्तीमगर पोखरा ,

 

सत्यवति सोरठी साँस्कृतिक समूहले तयार पारेको पूराना साँस्कृतिक गीतहरुको संगोलो डिभिडी एल्बम ‘शिरफूल’ बजारमा आएको छ । एल्बमको शनिबार पोखरामा भूपू उर्जामन्त्री गोकर्ण बिष्टले बिमोचन गरे । लिम्घा गुल्मीको सत्यवति सोरठी साँस्कृतिक समूहले शब्द संकलन गरेको एल्बसममा लोपोन्मुख सोरठी गीतका साथै सालैजो र लोकदोहोरी गीत  समावेश छन् । सत्यवतिकै लगानीमा करिब पाँच लाख खर्च गरेर बजारमा ल्याइएको डिभिडी एल्बम ‘शिरफुल’ मा ‘शिरै लाउने…, शिरफूल…, जमुनाको…, सालैजो… लगायत गीतको म्यूजिक भिडियो पनि बनाइएको छ ।

एल्बममा समावेश गीत प्रदास खप्तरी, सुमे. चोकबहादुर खप्तरी, उमादेवी खप्तरी, पूर्णकला खप्तरी, जुना श्रीस, विना थापा, शिव थापा, चिना खप्तरी, देवी घर्तीमगर, टिका थापा, नन्दा पुनले स्वर भरेका छन् । द अर्थ म्यूजिक प्रालि.ले बजारमा ल्याएको डिभिडीको दुई सय ५० रुपैंया मुल्य राखिएको छ । गुल्मी लिम्घाको मगर समुदायमा प्रचलित लोक साँस्कृतिक नृत्य तथा गीत लोपोन्मुख भएकाले त्यसको जगर्ने गर्न र प्रचारप्रसार गर्न डिभिडी बनाइएको सत्यवती सोरठी साँस्कृतिक समूहका शिव थापाले बताए ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %