संबिधान सभामा समानुपातिक तर्फ दुई सिट जितेको राष्ट्रिय जनमुक्ति पार्टीले निर्बाचन आयोगको आग्रहपछि सभासद् परिबर्तन गरेको छ । राजधानीमा पौष १७ गते बसेको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको हो । यस भन्दा अघि शिफारिस गरि पठाएको होमाया गुरुङको नाम हटाई रुपान्देहीका सिमा बिश्वाकर्मा शिफारिस गरेको छ । उक्त बैठकको निर्णय अनुसार हाल नयाँ उम्मेदवारको रुपमा शिबलाल थापा मगर तनहूँ र सिमा बिश्वाकर्मा रुपान्देही लाई संबिधान सभामा पठाउन लागिएको हो । पार्टीका बरिष्ठ उपाध्यक्ष शिबलाल थापाको नाम भने यस भन्दा अघि पनि पठाएका थिए । दुबै सिटमा एकै जनजाति समुहका उम्मेदवार शिफारिस गरेको भन्दै १६ पौषमा आयोगले मापदण्ड अनुसार नाम पठाउन आग्रह गर्दै पत्र काटे पछि पार्टीले सभासद् परिबर्तन गर्न परेको हो ।
–खडक आले मगर तनहूँ
