बिजय हितान
१८ जुलाई १९१८ जन्मेका महा मानव नेल्सन मन्डेला, जसलाई मायालु भाषामा माडिबा पनि भनिन्थ्यो, ५ डिसेम्बर २०१३ मा यो संसार छाडेर गए । तर उनले अपार्थिड अर्थात रङभेद बिरुद्दको संघर्समा रचेको इतिहास साउथ अफ्रिका मा मात्रै होईन बिस्वभरिनै अंमर रहिरहने छ । दछिण अफ्रिकामा अपार्थिड एउटा यस्तो कुसंस्कार थियो जसमा अल्प गोरा जातिले बहु काला जातिलाई दबाएर राखेका थिए । नेपालमा दलितलाई हिन्दू संस्कार अनुसार् घर र मन्दिरहरुभित्र छिर्न निशेध गरिएजस्तै दछिण अफ्रिकामा काला जातीहरूलाई धेरै स्थलहरुमा पस्न दीइन्नथ्यो । उनिहरुलाई राजनैतिक, आर्थिक, शैछिक कुनैपनि छेत्रमा न त सहभागिता दीइयो न त कुनै स्वातन्त्रता । आफ्नै भुमिमा दास बनाइयो । नेपालमा राणा र पन्चायतकालमा दलित र जनजातिप्रती गरिएको ब्याबहार जस्तै ।
माडिबा उनको पुर्खौली आदिबासीको नाम । त्यसैको पहिचान रहिरहोस भनि समर्थकहरू उनलाई माडिबा भन्न रुचाउँथे । अङ्रेजको उपनिबेस भएर होला उनलाई नेल्सन भनि अङ्रेजी नाम पनि दीइयो । कानुनको विद्यार्थी छँदा अरु सबै गोरा, युरोपेली र इन्डियन हुँदास आफू कालो भएर अनुभव गर्नुपरेको असमानताको ब्याबहार उनको मनमा सधैं कालो चुक जस्तै बनेर रयोहोला ।
काला जातिको भुमी अनी अधिकारको लागि सन १९६० तीर माडिबाले आन्दोलन गर्दैगर्दा म जन्मिसकेको नहुनाले त्यो कालको म अनुभव गर्न त सक्दिन । तर सन १९९० मा २७ बर्से जेल सँजाए पछि मुक्त भएका माडिबाको बारेमा मैले संचारमाध्यमबाट चासो राख्दै गएँ । सम्झना छ त्यतिबेलाका साउथ अफ्रिकी गोरा रास्ट्रपती डे क्लर्क को पालामा मन्डेलालाई जेलबाट मुक्त गरिएको । मन्डेला जेलबाट निस्केको दिन टेलिभिजनमा प्रतछ्य प्रसारण गरिएको थियो सन्सारै भरी । उनी त्यतिबेला बिश्वका सबैभन्दा प्रख्यात राजनेता स्थापित भैसकेको हुनुपर्छ । मलाइ अझैपनी झल्झल्ती याद आउँछ त्यस ऐतिहाँसिक छँणको, जुनदिन उनकी त्यतिबेलाकी धर्म पत्नी विनी मन्डेलासँग हातेमालो गर्दै एउटा हात मुट्ठी पारदै हजारौँ उनका समर्थकहरुसङ झेलखानबाट निसक्दै गरेको । त्यो द्रिस्यले मलाइ बी पी र गणेशमान् जस्ता हाम्रा नेता प्रजातन्त्रकोलागी जेलमा बसेका सम्झना गरायो ।
गोरा अल्प जातिले काला आदिबासी जनजाति प्रति गरिएको भेदभावपुर्ण ब्याबहारको बिरुद्दमा मन्डेलाले सन साठीतिर हतियार उठाए । पेसाले कानुनबिद नेल्सन मन्डेला, आन्दोलनको सुरुमा गान्दिबादले प्रभाबित भएको देखिन्छ । उपनिबेसबादको बिरुद्दमा गान्धीले जस्तै शान्तिपुर्ण बार्तालापद्वारा आफ्नो जातिको हक र अधिकार माग्ने प्रयास गरे । तर उल्टै सामन्ती साशकद्वारा समातिय र यातनाको सिकार बने । ुबातसे न मान्ने वाली भुत लातसे मान्तिहैु भन्ने हिन्दी कहावत जस्तै, उनले एक उग्रबादी दलको स्थापना गरि एकलौटी सरकारको बिरुद्द बम पट्काउने र हिँसाको निति अपनाए । फल्सरुप देशद्रोही र आतङ्कबादीको मुद्दामा तात्कालिन गोरा सरकारले सन १९६२ मा आजिवन जेल सजाए दियो । उनको कैदी जिन्दगीले उनका समर्थकलाई अतिरिक्त उर्जा मिल्यो । बाहिर रङभेदको बिरुद्द संघर्स जारिनै रह्यो । सङ्हर्सरत जनता र बिश्वका अन्य देशहरूको दवाब पस्चात २७ बर्सपछी सन १९९० मा उनी जेल मुक्त भए ।
बि पी ले मेलमिलापको निति लिएर नेपाल् भित्रिए जस्तै मन्डेलाले पनि गोरा र काला जाति मिलेर राज्य चलाउनुपर्छ भन्ने नाराकासाथ जेलबाट बाहिर आए । त्यसैले त उनको निस्वार्थ रास्ट्रिय भावनाप्रती र दक्षिण अफ्रिकाका मात्रै नभै बिश्वका काला जातिको मुक्तिको आन्दोलन प्रति सम्मान दर्साउंदै सन १९९३ सालमा शान्ति नोबेल पुरस्कार दीइयो । त्यसपछि आफ्नो पार्टी अफ्रिकन नेसनल कङ्रेसको सभापति भएर १९९४ को बहुदलिय चुनावमा अत्यधिक मतद्वारा दछिण अफ्रिकाको पहिलो काला जातिका रास्ट्रपती बने । बिना पुर्वाग्रह उनले दछिण अफ्रिकाका गोरा जातिप्रती कुनै भेदभाव राखेनन् । आफ्नो सरकारमा गोराहरूलाई पनि सम्मिलित गराएर देशलाई अगाडी हाँके । इतिहासका तिता छँणहरूलाई बिर्सनु पर्छ र देशको सार्बभौमसत्ता र बिकासमा सबै जातिको सहभागिता चाहिन्छ भन्ने समाबेसी र पहिचानको निति अपनाए । फल्सरुप यो देश अफ्रिकी महादेसमा एकै दसकमै आर्थिक बिकासमा छलाङ पार्न पुग्यो । दछिण अफ्रिकामा सन २०१० मा आयोजना गरिएको बिस्व कप फुटबल प्रतियोगिता यसको नतिजा थियो । सन २००० तीर दक्षिण अफ्रिका लगायत भारत, चिन, ब्राजिल आर्थिक उन्नतिमा उदाउँदा देशहरू भनेर कहलाइन थाले ।
नेपाल् र नेपालि राजनेताहरूले उनिबाट सिक्नुपर्ने पाठहरू धेरै छन् । तर मुख्य के भने उनले जातिय मुक्तिको लागि धेरै लामो संघर्स गरे तर एक रास्ट्रपतिय कार्यकाल पछि शासनको बागडोर युवा बर्गमा सुम्पिँदै सम्रछक बनेर आफ्नो देश र पार्टीको सेवा गरे । हाम्रा देसका नेताको जस्तो पद लुलुप्ता उनमा देखिएन । मर्ने बेलासम्म उनलाई कुर्ची चाहिएन । अर्को हाम्रा नेताले बुझ्नुपर्ने कुरो के भने देशको सर्बाङिण र दिगो बिकास एक बर्ग र जातको हालिमुहालीले हुँदैन सबै बर्ग र जातलाई समेट्नु पर्छ । मलाइ आशा लागेको छ माडिबाको बिरासतले अब बन्ने नेपालको सम्बिधानमा योग्य मार्गदर्सन दिनेछ ।
आऔं हामि नेपालि पनि माडिबाको म्रित्युमा सोकाकुल हुँदै श्रदान्जलीको भाव चडाउं साथै उनको जिवनले पाएको सफलता र ल्याएको बिश्वस्तरिय परिवर्तन् प्रति दछिन अफ्रिकी जनता जस्तै नाच्दै गाउँदै उत्सव मनाऔं ।