५० बर्ष अघि सम्म दक्षिण कोरिया भोकमरीको खाडलमा जाकिएर नेपालबाट चामल लिएर खाने कोरियनहरू अहिले आएर हजारौं नेपाली युवा सहित अन्य मुलुकका लाखौं युवाहरूलाई रोजगार दिन सफल छ । ५० बर्ष अगाडी कोरियनहरू पनि रोजगारको शिलशिलामा गल्फ देशहरुमा गई काम गर्ने गर्थे । कोरियनहरूले गल्फबाट पैसा भन्दा पनि सिप सिकेर आए ।
आफ्नै देशमा केही गर्नु पर्छ भन्ने उच्च आत्मबिश्वासका साथ आफ्नै देशमा काम सुरु गरे । यो पचास बर्ष भित्र कोरियाले बिकासको चरमचुली पार गरि सकेको छ । हुन त कोरियाको राजनीति स्थिर थियो । नेताहरू सच्चा र ईमान्दार थिए । त्यसैले पनि छोटो अवधीमै द्रुत गतिमा बिकास गर्न सफल भए ।
कोरिया र नेपालको भौगोलिक स्थिति र हावापानी पनि मिल्दो जुल्दो छ । कोरिया पनि जता सुकै डाडाँकाडा छन् । फरक यति हो नेपालका डाडाँकाडा अग्ला र भिराला छन । कोरियाका होचा र अलि सम्म छन् ।
कोरियामा प्राय कम्पनीहरू जंगलका छेउतिर बनाउने चलन रहेछ् । खेती योग्य जमिन खेती गर्नको नीम्ति राखिदो रहेछ् । नेपालमा भने खेती योग्य जमिन जति जग्गा दलालहरूले प्लटिङ गरेर कङ्क्रिट जंगलमा परिणत गरिदै छ । यो कार्य तुरुन्त नरोके यसले भोली गएर बिकराल रुप लिने छ भन्ने कुरामा दुईमत छैन्।
हामी नेपालीहरुले आधुनिक कृषि प्रणाली अपनाएर कृषिमा ठुलो फडको मार्न सक्छौ । बिदेशीका तथा नेपालमा पनि शहरमुखी भएर बसेका युवा शक्ति गाऊमुखी भई आफनै गाऊ फर्केर अर्गानिक तरकारी , कफी , चिया खती गर्न सक्छौ । अर्गानिक बस्तुको विश्व बजारमा ठुलो माग छ । नेपालमा चेरी , ओलिभ , किवी , अङ्गुर , रेड गिनेसेङ ( एक प्रकार हर्व ) खेती गर्न सकिन्छ ।
नेपालमा मासुको माग धान्न नसकेर बाहिरबाट ईम्पोर्ट गर्नु पर्छ । हामी आफै कुखुरा , बाख्रा , बङ्गुर पालन गर्न सकिन्छ । नेपालका जतासुकै खोलानाला भएको देश् माछा पाल्न गर्न मजाले सकिन्छ । ट्राउट माछा नेपालको चिसो पानीको लागि उपयुक्त रहेको बताइन्छ र यो माछा स्वास्थ्यको लागि पनि निकै राम्रो मानिन्छ ।
नेपाल बिदेशी पर्यटकका लागि राम्रो गन्तब्य स्थान हो । यसलाई अझै बिकास गरेर नेपाल् आउने पर्यटकलाई अर्गानिक खानाको स्वाद चखाएर उनिहरुको यात्रालाई सुखद र स्मरनिय बनाउन सकिन्छ । देशको राजनीति अवस्था अहिले तरल छ । प्राय बन्द र हडताल हुन्छ । बिदेश गई काम गरेर पठाएको रेमित्यान्सले अहिले देशको अर्थतन्त्र धानेको छ । नेपालमा हुने बन्द र हडताललाई तुरुन्त बन्द गरि गरी खाने सहज बातावरण बनाई दिएर बिदेशीएका लाखौं युवाहरू आफ्नै देश फर्केर एकल तथा सामुहिक रुपमा काम सुरु गर्न सके दिनहु हजारौ युवाहरू बिदेश भासिनबाट रोकिने थिए ।
देशले छिट्टै काचुली फेर्ने थियो । नेपाल अरु बिदेशी कामदारलाई रोजगार दिन नसके पनि हामी सम्पुर्ण नेपाली आफ्नै देशमा स्वरोजगार हुन सके त्यो भन्दा ठुलो उपलब्धी र गर्वको बिषय अरु के हुन सक्थ्यो र ?
निश्चल काउचा – सिवल दक्षिण कोरिया