जनमुक्ति पार्टीले थापा र गुरुङलाई संबिधान सभामा पठाउने

Read Time:1 Minute, 18 Second

   
  राष्ट्रिय जनमुक्ति पार्टीले सामानुपतिक तर्फको संबिधान सभा सदस्य पदका लागि पार्टीका बरिष्ठ उपाध्यक्ष शिबलाल थापा मगर र संघीय परिषद सदस्य होमाया गुरुङलाई शिफारिस गरेको छ । प्रत्यक्ष तर्फ कुनै स्थान हाँसिल गर्न नसके तापनि सामानुपतिक तर्फ दुईवटा सीट पाउने भएपछि थापा र गुरुङलाई संबिधान सभामा पठाउन लागेको हो ।
 मंसिर १९ देखि २१ गते सम्म धोबिघाट सिद्धार्थ कटेजमा संचालन भएको पार्टीे केन्द्रिय समितिको बैठकले थापा र गुरुङ पठाउने निर्णय गरेको हो ।  कसलाई सिफारिस गर्ने भन्ने बारे पार्टी भित्र सर्बसम्मत हुन नसकेपछि लोकताँित्रक पद्दति अनुसार प्रकृयागत रुपमा जानु परेको थियो । छनौट भएका थापा र गुरुङको नामवाली आईतबार सम्म निर्बाचन कार्यालयमा बुझाउने कुरा पार्टी स्रोतले बताएका छन ।
                                 

–खडक आले मगर तनहूँ
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %