दाङ, मंसिर १८
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय सदस्य यमन दनुवारलाई स्वागत गरिएको छ । फोनिज दाङ शाखाले आज मँगलवार घोराहीमा एक कार्यक्रमको आयोजना गरिने फोनिजका केन्द्रीय सदस्यलाई स्वागत तथा छलफल कार्यक्रम गरेको हो ।
फोनिज दाङका अध्यक्ष देविका घर्ती मगरको अध्यक्षता तथा केन्द्रिय सदस्य यमन दनुवारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आदिवासी जनजाति समुदायका सवालहरुलाई मिडियामार्फत ल्याउनका निमित्त आदिवासी जनजाति समुदायका पत्रकारहरु नै लाग्नुपर्ने बताएका थिए । आदिवासी जनजाति समुदायका सवाल मिडियामा नआउँदासम्म समस्या समाधान हुनका निमित्त कठिन हुने बताउँदै आदिवासी जनजाति समुदायका पत्रकारहरुको सँख्यात्मक बृद्धि, क्षमता विकासका निमित्त ध्यान दिन सक्नुपर्ने बताएका थिए ।
फोनिज दाङका सदस्य चुर्ण चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा फोनिजका पुर्व केन्द्रिय उपाध्यक्ष तथा फोनिज दाङका संस्थापक अध्यक्ष उदय जिएम, पुर्व जिल्ला अध्यक्ष तथा सल्लाहकार सविन प्रियासन, पुर्व जिल्ला उपाध्यक्ष लक्ष्मीमान चौधरीलगायतले बोलेकाथिए । कार्यक्रमको सहजिकरण थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितले गरेकाथिए ।
