चार वर्षअघि नकइँ फूँ फिल्ममा अभिनय गरेपछि मुना गुरुङको चर्चा एकाएक चुलियो । यहि फिल्मबाट अभियन क्षेत्रमा छिरेकी मुनाले लगत्तै धोका फिल्मा अभिनय गरिन् ।
दुई फिल्ममा राम्रो अभिनय गरेपछि उनलाई अफरको लर्को लाग्यो । छानेर मात्रै फिल्ममा खेल्न थालेकी उनले फिल्म खेल्न आएका केही अफरलाई खेर फालिन् ।
केही समय अघि छइले मुना जिन्दगी फिल्ममा अभिनय गरेपछि मुनाको फेरी चर्चा हुन थालेका छ । ‘रहरमै फिल्ममा छिरे, धेरै अफर आए पनि खेलेको छैन’ लजालु स्वभावकी मुना भन्छिन्,‘बिचमा केही समय ग्याप भयो । अहिले फेरी फिल्ममा फर्किएको छु ।’
कुइबाङ–७ कास्कीकी मुनालाई फिल्ममा अभियन गर्न उनको उचाइले पनि साथ दिएको छ । पातलो र सिलिक्क परेको शरिर । अग्ली र गोरो अनुहार भएकी उनी सुन्दर पनि उत्तिकै छिन् ।
पछिल्लो समय आफ्नै गाउँ कुइबाङबारे बनाइएको म्यूजिक भिडियोमा अभिनय गरेकी उनी अब निरन्तर फिल्म क्षेत्रमा लाग्ने योजनामा छिन् ।
‘छानेर मन परेको फिल्म मात्रै खेल्ने गरेकी छु’ कुइबाङ गीतको म्यूजिक भिडियो सम्पादन गर्ने ठाउँमा भेटिएकी उनले हाँस्दै भनिन्,‘अबचाँही विचार गर्नुपर्ला ।’
मनोज घर्तीमगर