हतियार बुझाएकालाई पक्रन शुरु !

Read Time:1 Minute, 35 Second

प्रहरीले शान्ति वार्ता गरी हतियार बुझाइसकेको भूमिगत समूहका नेता भगत सिंहलाई शुक्रवार साँझ नेपाल-भारत जमुनाह नाकाछेउबाट पक्राउ गरेको छ ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनलाई दशगजाछेउबाट पक्राउ गरेको हो । प्रहरीले औपचारिक रुपमा पुष्टि गरिसकेको छैन । सिंहका परिवारले भने शान्ति प्रक्रियामा आइसकेका उनको जीवनरक्षाका लागि मानव अधिकारकर्मीहरुसँग सहयोग मागेका छन् ।

हतियार बुझाए पनि उनीविरुद्धका मुद्दा फिर्ता भएका छैनन् । आफू र जेलमा रहेका आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता भए संविधानसभा निर्वाचनमा उम्मेदवार हुने इच्छा देखाएका थिए । उनको समूहले वार्ता टुंग्याएर निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै जिल्ला प्रशासनअगाडि धर्ना समेत दिएका थिए ।

निर्वाचनको मनोनयनअघि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)सँग पार्टी एकताको सहमति समेत गरिसकेका सिंह कानूनी अड्चनका कारण सीमावर्ति भारतीय बजार रुपैडियामा बस्दै आएका थिए ।
–

दिपा आले नेपालगंज

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %