मोस्टवान्टेड सिकन्दर अलि शेष पक्राउ

Read Time:3 Minute, 18 Second

नेपालगन्ज ,

मंसिर १३  , बांके प्रहरीको मोस्टवान्टेडमा रहेका नेपालका कुख्यात अपराधी सिकन्दर अलि शेष (खां)पक्राउ परेको छ । बांके प्रहरीले आज पत्रकार सम्मेलन गरी  मोस्टवान्टेड सिकन्दर लाई सार्वजनिक गरेको हो ।  लामो समय देखि भुमिगत सशस्त्र समूह “ तराई जनतान्त्रिक पार्टी मधेश” बांके, बर्दिया जिल्लाको संयोजकको रुपमा कार्यरत रही हत्या, हिंसा, अपहरण, चन्दा असुली, फिरौत माग्ने, विष्फोटन लगायतका विभिन्न जघन्य घटनामा संलग्न रहेका सिकन्दरलाई प्रहरीले  हिजो सांझ हातहतियार सहित बांके प्रहरीले पक्राउ गरेको हो ।  

बांके जिल्ला रनियापुर गाविस वडा नं. ५ घर बस्ने सिकन्दर अलि शेष खां हिजो सांझ हिरमनिया गाविसको बाटो हुंदै नेपालगन्ज तर्फ आउन लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी नायब उपरिक्ष प्रकाश मल्लाको कमाण्डमा खटिएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान टोली, अंचल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी बांकेबाट खटिएको संयुक्त प्रहरी टोलीले होलिया गाविस वडा नं. ९ स्थित सडक खण्डमा चेकजांच गर्ने क्रममा भारत तर्फ बाट आउंदै गरेको सिकन्दर अलि शेष खांले चलाई ल्याएको नम्बर नभएको कालो रंगको पल्सरलाई प्रहरीले रोकी चेकजांच गर्दा सिकन्दरको कम्मरमा भिरी राखेको २ राउण्ड  गोली लोड भएको मेड इन जर्मनी लेखेको १३१३२३२ नम्मर भएको रभल्वर थान १, मोबाईल थान २, सिम कार्ड थान ३ र निज लाई प्रहरीले पक्राउ गरेको हो भने सिकन्दरको पछाडि बसेको भारतीय जिल्ला श्रावस्ती, थाना नववगन्ज, हसनपुर ग्राम बस्ने ३५ वर्षको सलिम खांले कम्मरमा भिरी राखेको १ राउण्ड गोली लोड भएको कटुवा पेस्टोल थान १, उसको दाहिने खल्तीमा रहेको कटुवा पेस्टोलमा प्रयोग हुने गोली थान १ सहित फेला पारी प्रहरीले पक्राउ गरी थप अनसुन्धानकोलागि राखिएको छ ।

आज अञ्चल प्रहरी प्रमुख मधु पुडासैनीले पत्रकार सम्मेलनमा बोल्दै प्रहरीको मोटस्ट वान्टेडमा रहेका सिकन्दरलाई  मुलुकी ऐन ज्यान सम्बन्धी महल, अपहरण तथा शरीरबन्धक लिने महल र हातहतियार खरखजना ऐन अनुसार कारवाही हुने बताउनु भएको छ । पत्रकार सम्मेलनमा बांके प्रहरी प्रमुख भुपाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

दीपा आले , नेपालगन्ज

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %