नेपालगन्ज ,
मंसीर १३ , सधै भरि आकाशे पानीमा निर्भर हुने यहांका कृषकहरु केही वर्ष यता भने सिंचाईको ब्यवस्था भएपछि हर्षित भएका छन् । किरन नाला लिफट सिंचाईजल उपभोक्ता समितिको नामबाट यहांका जनताहरुले सिंचाई उपभोग गर्न पाएका छन् । त्यसैले त यस राधापुर गाविसका कृषकहरु हिजोका दिनमा आकाशे पानीले ३ महिना मात्र खाने पुग्ने अवस्थालाई सम्झदै अब त्यस्तो दिन कहिल्यै नआवस् भन्छन् । सिंचाइको ब्यवस्था राम्रो हुंदै गएपछि आफूहरुलाई खाना मात्र होइन अहिले आफूले खाएर,वर्षेनी अन्नबाली राखेर पनि बढी भएको अन्नफसललाई विक्री गिरी आर्थिक रुपमै लाभान्वित भएका छन् । २०५१ सालबाट सुरु भएको यो सिंचाईले राधापुर गाविसको ९ वटै वडामा सिंचाई पुराउने लक्ष्य लिएको छ ।
राधापुर गाविसमा निर्माण भएको किरण नाला सिंचाई २०४८ सालमा तत्कालीन स्वर्गीय गिरिजा प्रसाद कोइरालाको सरकारका पालामा सुरु भई २०४९ सालमा यो योजना कार्यान्वयन गरिएको यहांस्थित जनताहरुको भनाइ रहेको छ । त्यसपछि नेकपा एमालेको सरकारले यो योजनालाई सफल बनाउन पहल भएको हो । अहिले पनि सबै क्षेत्रमा सिंचाई नपुगेको हुंनाले कृषि क्षेत्रलाई अगाडि बढाउन नेपाल सरकारले सहयोग गर्नु भने बताउंछन् यहां बसोबास गर्ने स्थानीय बासिन्दाहरु ।
नेपालगन्ज शहर देखि ७ किलोमिटर मात्र टाढा पर्ने यो राधापुर गाविसमाका अधिंकाश बढी जसो आदिबासी जनजातिहरुको बाहुल्यता छ । त्यसमध्येपनि महेन्द्र सरकारले भारत सिमानामा पर्ने यो गाविसलाई सुरक्षीत बनाउनकोलागि लागि भारतीय रिटायर सेनालाई जग्गा दिएर यस ठाउंमा राखिएको हो । त्यस समयमा तत्कालीन जंगबहादुर राणाले गाविसको नाम सैनिक राखेपछि यस क्षेत्रलाई शहरी क्षेत्रमा परिणत गर्ने भनेर विदेशी ईन्जीनियरले नाक्सा समेत कोरिएको थियो तर अहिले सम्म यो गाविस शहरी क्षेत्रमा परिणत हुन नसकेपनि विस्तारै विकासको फड्को भने मार्दै गइरहेको छ ।
२०५१ सालमा यो सिंचाई सुरु भएपनि हाल पुन निर्माणकालागि नेपाल सरकार र स्थानीय उपभोक्ता बासिन्दाको सर्वदानले ३ करोड लागतमा किरण नाला सिंचाई बन्न लागेको छ । भविष्यमा सिक्टा सिंचाई नआएपनि किरण नालाको सिंचाईले राधापुर गाविसका ९ वटै वडामा यो सिंचाईले ३ खेती गर्न सकिने यहांका बासिन्दा मगनसिंह थापामगर बताउंछन् ।
थापाका अनुसार २०५१ साल देखि हालसम्म २०५ हेक्टरमा मात्र सिमित थियो भने अब ३४५ हेक्टर क्षेत्रमा सिंचाई हुने बताउंछन् । वर्षायाममा धान खेती गर्न सकिने र हिउंदो याममा चना मसुरो धान, मकै मेबौसमी तरकारी, करेला लगायतको खेत गर्न सकिने बताउंदै यस क्षेत्रमा सूर्यमुखी तेलको पनि राम्रो खेती हुने उनको भनाइ रहेको छ । यो साल कुलो निर्माण हुने भएकोले २ खेतीमा मात्र सिमित हुनेछ ।
सुरुमा पाइलट पोग्रामले एक वर्ष सम्म पानी नाप्ने काम गरेको थियो त्यसपछि १६५ हेक्टरमा जमिनमा सिंचाई दिन सकिन्छ भन्ने सिंचाई गर्ने भनेर कुल ३६लाख १८ हजार जति लागतमा २०५१मा निर्माण भयो सिंचाई सुरु भयो । पछि चलाउदै जादा खेरी जिर्ण अवस्था हुंदै गयो मटर पुरानो हुंदै गयौ । यसको क्षेत्र फल बढ्दै गयो । १५६ बाट २०५ हेक्टरमा बढे पछि मझौला सिंचाईमा आबेदन दिए पछि अहिले ३ करोड लगानीमा काम भईरहेको छ । सुरुका दिनमा यहांका बासिन्दाले आकाशे पानीको भर पर्नु भने अवस्था थियो भने खानाकोलागि देशी चामल लिएर आउनु पर्दथ्यो र अहिले त देशी चामल ल्याउन त परै जावस यहां सिंचाईबाट उत्पादन भएको सामाग्रीलाई विग्रीवितरण गर्ने गरेका छौ ।किरण नाला सिफ्ट सिचाईका अध्यक्ष मगन सिंह थापा बताउंछन् ।
केशव शाह कन्र्सन्टन प्राणीका प्रेम रानाले पुन निर्माणकालागि किरन नाला लिफ्ट सिंचाइ बनाउने जिम्मा लिएका छन् उनका अनुसार भ्याट बाहेक १ करोड ४६ लाखमा नयां निर्माण सुरु हुन लागेको बताए । सबै बजेट पायो भने असार मसान्त सम्म काम सकिने उनले बताए ।
राधापुर गाविसको पुरै ९ वटै गाविसमा सिंचाईको ब्यवस्था गर्ने भनिएपनि पुरै गाविसमा सिंचाई पुराउन हम्बे हम्बे भएको छ । त्यसमध्येपनि १,२,९,३ वडामा सिंचाईको कठिनाई छदैछ ।
त्यति मात्र नभई राधापुर गाविस नेपालगन्ज जोड्ने पुनको अवस्था पनि जिर्ण रहेको छ । संकटकालमा माओवादीले पुनमा बम हानी क्षति गराएपछि धेरै ठूला सामाग्रीहरु ल्याउन भने नसक्ने अवस्था रहेको छ पुन पनि जिर्ण अवस्थामा सामान्य हिडडुल गर्न सक्ने अवस्थामा छ । धेरै गरुंगो सामान ल्याउन सकिदैन । पुन पक्की भएपनि माओवादीले बम हानी चकाईदिएको छ किरण नाला पक्की पुन । यसकालागि यहांका जनताहरुले पुनको निर्माण समेत माग गरेका छन् जयसपुर गाविसबाट साई गाउं हुंदै राधापुर गाविसबाट जाने पुन नभएकाले यहांका जनताहरुलाई बर्षामासमा आवतजावत गर्न समेत कठिनाई भएको बताएका छन् । नवराज थापाक्षेत्री बताउंछन् । यो किरण नाला सिंचाई २०४८ सालमा स्वर्गीय गिरिजा प्रसाद कोइरालाको सरकारमा २०४९मा यो योजना कार्यान्वयन गरेको हो भने त्यसपछि नेकपा एमालेले यो योजनालाई सफल बनाउन पहल भएको छ । अहिले पनि सबै क्षेत्रमा सिंचाई नपुगेको हुंनाले कृषि क्षेत्रलाई अगाडि बढाउन नेपाल सरकारले सहयोग गर्नु भने बताउंछन् स्थानीय बासिन्दा नवराज थापा ।
१६० हेक्टर हो र २ भन्दा बढी पहिला ४ वाड ले सिंचाई गर्थे भने अहिले ६ वटामा सिंचाई प्राप्त गर्न पाएका छन् । पहिला भन्दा हिंउसो पसल केही पनि हुन्दैन थियो भने अहिले हिंउसो पसल हुने गर्दथ्यो । पहिलो धान र गौ किन्न पर्दथ्यो भने अहिले सिंचाईका कारण बच्ने गरिन्छ । राधापुर गाविस उदीरबहादुर थापा । सिंचाई ब्यवस्थापन ।
स्थानीय बासिन्दा अरण थापामगरले पनि हिजो खेती गर्दा आकाशे पानी कुर्न पर्दथ्यो भने आज नहरको पानीले खेती गर्न पाउंदा साहै खुशी लागेको बताईन ।
विगतका दिनमा ३ महिना खाना नपुग्ने यो ठाउं सिंचाईको ब्यवस्था भएपछि ६ महिना खाना पुगेर पनि उत्पादन गरेको बस्तुलाई विग्री गरी आर्थिक कमाउन सकेको बताउंछिन् स्थानीय बासिन्दा मान कुमारी थापाक्ष्ँेत्री ।
यस गाविसमा सिचाई नहुंदा खानाकोलागि देसी गाउं भारतबाट धान, चामल गहुं किनेर खाने गरेका थिए तर अहिले सिंचाई ले गर्दा धेरै राम्रो हुंदै गईरहेकोछ आफूले खाने मात्र होइन बढी भएको उत्पादन अन्न लाई बेचेर पैसा पनि कमाउन पाउंदा यहांका बासिदा धेरै हर्षित भएको बताउंछन् । टेक बहादुर गुरुङ्ग ।
दीपा आले , नेपालगन्ज बांके
