संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले अघिल्लो सविधानसभामा भएका सहमतिलाई संस्थागत गरी अबको एक वर्षभित्र संविधान जारी गर्न सकिने बताएका छन् ।
झापाको दमकमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा एमालेका नेता समेत रहेका नेम्वाङले विगतको संविधानसभामा रहेका विवादित बिषयमा केही बुदा थपघट गरी सहमति जुटाउन सकिने बताए । सहमतिका आधारमा निर्वाचनसमेत सफल भएका कारण अब दलबीच पनि सहमतिका आधारमा नया सविधान जारी गरिनुपर्नेमा जोड दिए । अब जनादेशलाई सम्मान गरेर मुलुक समृद्ध बनाउने तर्फ जुट्नुपर्ने आवश्यकता औल्याए। सहमतीय आधारमा नया सरकार बन्नुपर्ने बताउदै जनताले सहमतिमा सरकार बनाऊ भन्ने आदेश दिएका टिप्पणी गरे । अबको सरकारको नेतृत्व पनि सहमतिमा बन्ने उनको भनाइ थियो ।
भैरब आङ्ला, धरान
