मतदाताको सुरक्षा प्रहरीले हैन ,राजनैतिकदलहरुले दिनु पर्छ

Read Time:2 Minute, 17 Second

 धनकुटा ,

निर्वाचनमा सहभागी मतदाताको सुरक्षाको ग्यारेन्टी हुनु आवश्यक रहेको वुधवार एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।  यु. एस. आइ. पि. काठमाडौको सहयोग हुसाडेक नेपाल धनकुटा र जिल्ला प्रहरी कार्यलय धनकुटाको सहकार्यमा आयोजित निष्पक्ष निर्वाचन आम नागरिकको सुरक्षा र सम्बोधनका उपायहरु विषयक अन्तरसंवाद कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।   

उनीहरुले मतदाताहरुले निर्वाचन भन्दा पनि आफ्नो सुरक्षाको अनुभूती गर्न पाउनु पहिलो कुरा रहेकोले समेत बताएका छन् ।  साथै उनीहरुले नागरिकको सुरक्षा प्रहरी प्रशासनले मात्र दिन नसक्ने भएकोले राजनैतिकदलहरुले पनि सुरक्षा दिनु पर्नेमा उनीहरुले जोड दिएका छन् । सो अवसरमा सहभागहिरुले निर्वाचनमा खटिने कर्मचारीले राजनैतिक हिसाव भन्दा माथि उठेर काम गर्न आवश्यक रहेको बताएका छन् ।  कार्यक्रममा  हुसाडेक नेपाल धनकुटाका निवर्तमान अध्यक्ष विदुर सुवेदीले निष्पक्ष निर्वाचन , आम नागरिकको सुरक्षा र सम्बोधनका उपायहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।  

हुसाडेक नेपाल धनकुटाका अध्यक्ष शम्भु खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी  तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका दलका प्रमुख तथा प्रतिनिधि , सञ्चारकर्मीहरुको सहभागीता रहेको कार्यक्रममा  निर्वाचनमा सहभागीता भन्दा पनि निष्पक्षता लाई ध्यान दिनु आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन हुसाडेक नेपाल धनकुटाका महासचिव पर्शुराम नेपालले गरेका थिए । 

सन्तवीर लामा

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %