काठमान्डु ,
कार्तिक २९ ,निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेद्वारका अन्तिम नामावलि सुचि आज सार्वजनिक गर्दैछ । हिजो उम्मेद्वारी फिर्ता लिने समय सकिए पछि आज अन्तिम नामावलिको सुचि सार्वजनिक गर्न लागेको छ । हिजो वसेको निर्वाचन आयोगको वैठकले ३ सय २ जनाको उम्मेरदवारी रद्द गरेको छ ।
रद्द हुनेमा उमेर नपुगेका, उम्मेद्वार दर्ता विधि नपुगेका, समानुपातिक र प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका तथा दुई वटा दलहरुवाट सिफारिसमा परेकाहरुको उम्मेरदवारी रद्द गरीएको आयोगका प्रवक्त वीरवहादुर राईले जानकारी दिनु भयो । उम्मेरदवारी रद्द हुनेमा धेरै महिला रहेका छन । आयोगमा समानुपातिक तर्फका लागि सबै दलहरुका गरी ११ हजार भन्दा वढि उम्मेरदवार परेको छ ।
रबि बुडा मगर
