बाँके
तराई मधेश सदभावना पार्टी क्षेत्र नं १ का प्रत्यक्ष उम्मेदवार मोहीनी देवी तमौली राष्ट्रिय जनमुक्तिमा प्रवेश गरेका छन् । मंगलबार बाँकेमा विज्ञप्ति निकाली तराई मधेश सद्भावना पार्टीले वास्तवमा मधेशीहरुको हक हितको आवाज नउठाएकोले आफुले पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख छ ।
वास्तवमै संविधान निमार्णको लागि यदि कुनै पार्टी लागी परेको छ भने त्यो राष्ट्रिय जनमुक्ति पार्टी रहेको र मुलुकको यथार्थ समस्यालाई पहिचान गरि त्यसको निदानको लागी जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनु पर्दछ भन्दै वकालत गर्ने एक मात्र पार्टी राष्ट्रिय जनमुक्ति पार्टीका रहेको उनले बताईन ।
मुलुकको चौतर्फी विकासको लागि आफु राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेको तमौलीले बताईन । त्यस्तै तमौली ५०० जना कार्यकर्ता सहित जनमुक्तिमा प्रवेश गरेको पार्टी महासचिव केशव सुर्यवशीले जानकारी गराए ।
संघिय एक्सप्रेस ,बुटवल
