देवदह ,
संविधान सभाको निर्वाचन पछि राष्ट्रिय जनमुक्ति पार्टी सशक्त शक्तिको रुपमा उदय हुने पार्टीका महासचिव केशव सूर्यवंशीले दावी गर्नु भएको छ । उहाले जातीय पहिचान सहीतको संघीयताको संविधान निर्माण गर्न राष्ट्रिय जनमुक्ति पार्टीलाई जिताउनु पर्नेमा जोड दिनु भयो ।
नेता सूर्यवंशीले भ्रष्टचार अन्त्य विना देशमा शुसासन कायम हुन नसक्ने हुदा भ्रष्टचारीलाई राज्यद्धोहको अभियोग लगाई कडा कार्वाही गर्नु पर्नेमा जोड दिनु भयो ।
रुपन्देहीको भलवारीमा राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं ३ को चुनावी सभालाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । पार्टीका क्षेत्रीय अध्यक्ष छत्र दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष एवं क्षेत्र नं ३ का उम्मेदवार झम बहादुर गुरुङ्ग, राष्ट्रिय युवा मोर्चाका महासचिव सुन्दर गुरुङ्ग, समानुपातिक उम्मेदवार आनिक राना, राष्ट्रिय महिला मोर्चाका जिल्ला सचिव गीता सारु लगायतले बोल्दै जातीय पहिचानलाई जातीय राज्य भनेर बुझ्न नहुनेमा जोड दिएका थिए । चुनावी सभा हुनु भन्दा अगाडि बृहत्त मोटरसाईकल ¥यालीले क्षेत्र नं ३ का विभिन्न स्थानको परिक्रममा गरिएको थियो ।
गोविन्द घर्ति
