पाल्पा,
कार्तिक २३,संबिधान सभाको निर्बाचनको लागी पाल्पामा रहेका ठुला दलका उम्मेद्धारहरुले दैनिक ३ लाख बढी खर्च गरेको भएपनि साना दलर तिनका उम्मेद्धारलाई भने पैसाको संकट परेको छ । रिन खोजेर उनीहरु चुनबी प्रचारमा हिडेका छन् । अखण्ड नेपालबाट पाल्पा क्षेत्र नम्बर ३ का उम्मेद्धार दिनेश रावलले चुनाबको लागी भनेरै लिएको ४ लाख रिन सकिएको छ । सय कडा २ का हिसाबले तिर्ने कबुलमा उहाले छिमेकीहरु संग रिन लिनुभएको थियो । पार्टीका जिल्ला सभापति समेत रहेका रावलले गाडी, तेल, पर्चापम्प्लेट, साउण्ड सिस्टम, कार्यकर्ताको नास्ता पानीमा मात्रै आफ्नो क्षेत्रमा ४ लाख खर्चिनुभएको हो । पाल्पाको ३ वटै क्षेत्रमा नौ लाख बढी खर्च हुने उहाको अनुमान छ ।
जति कन्जुस गरेपनि दैनिक १५ हजार त खर्च हुने रैछ । उहाभन्नुहुन्छ “ठुला पार्टीले खर्चको सिस्टम बिगारेपछि हामीलाई सास्ती भएको छ ।”
पाल्पा जिल्लामा रहेका साना दलका उम्मेद्धारहरुले यसरीनै रिन खोजेर चुनाबी प्रचारलाई निरन्तरता दिईरहेका छन् । राष्ट्रिय जनमुतिm पार्टी पाल्पा क्षेत्र नम्बर ३ का प्रतक्ष्य तर्फका उम्मेद्धार केयर सिंग रानाका अनुसार साथी भाई र पार्टी समर्थक हरुले दिएको सहयोग सकिएपछि दुई लाख रिन लिनुभएको छ । साबा मात्रै तिर्ने भनेर रिन लिएको उहाको भनाई छ । ठुला पार्टीले दैनिक ३ ,४ लाख खर्च गरेका छन्, भोज भतेर लगाएका छन्, झण्डा हल्लाउदै शयौ कार्यकर्ता हिडाएका छन्, उहा भन्नुहुन्छ, हामी संग पैसा नभएपनि बिचार छ, पैसा बाड्न सकिएन बिचार बाड्दै हिडेको छु । रानाका अनुसार चुनाबमा लड्न पैसा वाल पनि हुनुपर्ने रहेछ ।
आफुहरु संग चुनाबी प्रचारको लागी पोष्टर छाप्न समेत पैसा नभएर घर दैलो गर्नुपरेको पाल्पा क्षेत्र नम्बर ३ का राष्ट्रिय जनमोर्चाका उम्मेद्धार सोम कार्कीको अनुभब छ । एक महिने प्रचार अभियान सम्म आउदा कार्यकर्तालाई होटलमा खाना खुवाउन नसकेको कार्कीले बताउनुभयो । मोटर साईकललाई तेल र कार्यकर्तालाई सामान्य चिया नास्ता गराउदा अहिले सम्म आफुले २३ हजार खर्च गरेको उहाको भनाई छ । चुनाबमा होस नपुर्याएरै पैसा खर्च गरेर के गर्नु र ? उहाले उल्टै प्रश्न गर्नुभो चुनाब पछि त तिर्नेपर्नेहुन्छ नि ?
हुन त ठुला पार्टीका केही उम्मेद्धारको पनि हालत उस्तै छ । एनेकपा माओबादी पाल्पा क्षेत्र नम्बर १ का प्रतक्ष्यका उम्मेद्धार तेजेन्द्र सिंजालीका अनुसार चुनाबमा मोबाईल खर्च जुटाउन धेरै समस्या परेको छ । चन्दा उठाएर चुनाबी प्रचारमा हिडेको उहाले बताउनुभयो ।
पार्टीले दिएकै पैसाले पुर्याउने योजना उहाको छ । भारतको बम्बैमा १० बर्ष कपडा स्वरुममा सेल्स मेनको काम गरेर नेपाल फर्किएपछि उहा पार्टीमा लाग्नु भएको थियो । पैसाकै अभाबमा साथीहरुको सहयोगमा मोटरसाईलमा गाउ डुलेको , आम सभा भन्दा घरदैलोमा जोड दिएको उहाले बताउुभयो । आफु गरिबको छोरा भएपनि पार्टीले बिश्वास गरेर टिकक दिदा धेरै खुशि भएको उहाले बताउनुभयो । गरिब दिनदिनदुखिको पार्टी हो भन्ने कुरा मैले टिकट पाएबाट पुष्टि हुन्छ , उहाले भन्नुभयो ।
पाल्पाको क्षेत्र नम्बर १ मा अन्य उम्मेद्धारहरुले दलबल र गाडी सहित चुनाबी प्रतिस्पर्धामा लागेको तर तेजेन्द्रले पाच, सात जना कार्यकर्ता सहित मोटरसाईकलमा प्रसार प्रसार गरेको स्थानिय रामपुर पाल्पाका पत्रकार बासु देब ढकालले जानकारी दिनुभयो । आर्थिक अबस्था पनि खासै राम्रो भएको जानकारी छैन ।
देब पचभैया, पाल्पा
