नेपालगन्ज
कार्तिक २४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव निर्वाचन अनुगमन डा. प्रविण मिश्र निर्वाचनलाई स्वच्छ स्वतन्त्र भयरहित बनाउनकोलागि सबैको पहल हुनु पर्ने बताउनु भयो । स्थानीय शान्ति समिति बांकेले आयोजना गरेको “स्वच्छ निर्वाचनकालागि सामाजिक सद्भाव ” विषय कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव मिश्रले यस्तो बताउनु भएको हो ।
उहांले आचार संहिता विपरित जाने जुनसुकै कर्मचारीलाई कानुनी कारवाहीको दायरामा ल्याउने बताउनु भयो । त्यसैगरी कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलीले निर्वाचनलाई निष्पक्ष, शान्ति र भयरहित बनाउन सुरक्षा प्रशासन सक्रिय भएर लाग्ने बताउनु भयो । उहांले भन्नु भयो यदि आचार संहितालाई मिचेर यदि कोही कर्मचारीले त्यस्तो काम गरेको छ भने हामीलाई तत्काल खबर गर्नुहोस हामी कारवाही गर्नेछौ । प्रमुख जिल्ला अधिकारी वलीले बांकेको ४ वटै निर्वाचन क्षेत्रलाई सफल पार्न सुरक्षा कर्मी सक्दो परिचाल गरेको बताउनु भयो ।
स्थानीय शान्ति समितिका अध्यक्ष भोला महतले अब आउने संविधान सभालाई शान्तिमय बातावरण बनाउन यहां स्थित धर्मगुरुहरु संग छलफल गरिएको बताउनु भयो । सामाजिक सद्भाव कायम गर्न विगतको दिन र हालको समयमा पनि धर्मगुरुको अत्ति नै महत्व रहेको बताउनु भयो । कार्यक्रममा राजनीतिक दल, धर्मगुरु, मानवअधिकारकर्मी, कानुनव्यवसायी, सञ्चारकर्मी, सुरक्षाकर्मी, लगायतको सहभागीता रहेको थियो ।
दीपा आले, नेपालगन्ज
