एमाले अध्यक्ष खनालको घरमा आगजानी प्रयास

Read Time:2 Minute, 41 Second

नेकपा एमालेका अध्यक्ष तथा इलाम क्षेत्र नम्बर १ का उम्मेद्वार झलनाथ खनालको पुख्र्यौली घरमा आगजनीको प्रयास भएको छ । साँखेजुङ–४ मा रहेको खनालको तीन तले घरको भुइँ तलामा नचिनेका मानिसको समूहले पेट्रोल छर्केर आगजनीको प्रयास गरेको हो । खनालकी आफन्त शान्ताका अनुसार राती साढे ११ बजेतिर आएका दुई व्यक्तिले ‘घरमा को को छौं सबै उठ, आगलागी हुँदैछ’ भनेर घरको सिकुवामा पेट्रोल छर्केका थिए । खनालको घरमा बस्ने  हरिकला रिमाल , चन्द्र र दीपा राई  लगायतको प्रयासमा  आगो नियन्त्रणमा लिइएको शान्ताले बताईन ।

यसैबीच,उदयपुरको सदरमुकाम गाईघाटमा बिहान ७ मिनेटको अन्तरमा ४ वटा वम बिस्फोट भयो । बिहान ४ बजेतिर सदरमुकाम गाईघाटलाई लक्षित गरी चारै दिशामा बम बिष्फोट भएको हो । नयाँ बसर्पाक आसपासको क्षेत्र, पुरानो गाईघाट र गाईघाट बजारको उत्तर र पश्चिमतर्फ बम विस्फोट भएको हो । बिस्फोट कसले गराएको भन्ने अहिलेसम्म पत्ता नलागेको प्रहरी निरीक्षक बाबुराम पोखरेले बताए । बम बिष्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।

एकिकृत नेकपा माओवादी धनकुटाको निर्माणाधिन जिल्ला पार्टी कार्यालयमा विहान सकेट बम विष्फोटन भयो । विहान साढे सात बजे  कार्यालयको छतमा विष्फोट भएको सकेट बमले ढलानमा सामन्य क्षति पुगेको छ । सोलर प्यानलको प्रयोग गरेर बम विष्फोट गराएको सुरक्षाकर्मीले बताए । विहान ठुलो आवाजमा बम पड्किएपछि स्थानीयबासी त्रासित बने । सो घट्नाको एकिकृत नेकपा माओबादीले भत्सर्ना गरेको छ । निर्वाचनबाट भागेर हिंसात्मक कार्य गर्नेहरुलाई तत्काल कार्वाही गर्न र निर्वाचनको सुरक्षा कडा बनाउन एमाओवादीले माग गरेको छ । कार्यालय सचिव उज्ज्वल किरातीले बम पड्काएर आएकालाई यस्ता घट्नाले कुनै असर नगर्ने बताए ।

भैरब आङ्ला, धरान 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %