धनकुटामा जनमुक्ति अभियान

Read Time:1 Minute, 55 Second

राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाले संविधान सभा चुनावी अभियान अन्तर्गत धनकुटा जिल्लाको चुङ्गवाङ्ग गाविसको धर्मशाला र हात्तिखर्क गाविसको चिसापानी, सुन्तले, माक्लुङ्गमा घरदैलो कार्यक्रम तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको संविधानसभा चुनाव प्रचार–प्रसार समितिका जिल्ला संयोजक एवं राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष हरीभक्त वान्तावा राईले वताएका छन् ।

घरदैलो कार्यक्रममा क्षेत्र नं.२ का उम्मेरदवार नरवहादुर माङ्गयक लिम्वु लगायतका पार्टी नेता तथा कार्यकर्ता सहभागी भैरहेको राष्ट्रिय जनमुक्ति पार्टी चुनाव प्रचार प्रसार समिति धनकुटाका संयोजक समेत रहेका राईले वताएका छन ।

राष्ट्रिय जनमुक्ति पार्टी गाउँ समिति हात्तिखर्कका अध्यक्ष ओमवहादुर लिम्वुको अगुवाईमा घरदैलो कार्यक्रम भएको थियो भने चुङ्गवाङ्ग गाविसको धर्मशाला र उत्तरपानीमा भने राष्ट्रिय जनमुक्ति पार्टी गाउँ कमिटी सचिव जय मोक्तान तामाङको अगुवाईमा घरदैलो कार्यक्रम भएको थियो ।

अध्यक्ष राईका अनुसार सनिवार जिल्लाको मुर्तिढुङ्गा गाविस र परेवादिन गाविसको सिधुवा वजारमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिने वताएका छन ।

सन्तवीर लामा, धनकुटा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %