पहिचानसहितको संघीय संविधान कांग्रेसले स्विकारने !

Read Time:2 Minute, 55 Second

नेपालगन्ज

कार्तिक १६ , नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकतान्त्रिक संविधान नआउंदासम्म मुलुकमा शान्ति स्थापना नहुने बताउनु भएको छ । लोकतान्त्रिक संविधान ल्याउनका लागि नेपाली जनताले नेपाली कांग्रेसलाई दुई तिहाई बहुमतले जिताउन समेत आग्रह गर्नुभयो । 

 नेपालगन्ज नगरपालिका वडा नं. १ ले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले नेपाली कांग्रेस स्थापनादेखि नै पहिचानका लागि लडदै आएको पार्टी भएको हुंदा पहिचानसहितको संघीय लोकतान्त्रिक संविधान ल्याउनमा नेपाली कांग्रेस प्रतिवद्ध भएको बताउनु भयो । देश र जनताको पक्षमा आवाज उठाउन कहिल्यै पछि नहटने नेपाली कांग्रेसले जहिले पनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादको वकालत गरेको र गरिब, मजदुरका समस्यालाई समाधान गर्न जेल जानसमेत पछि नहटेको उहांले जिकिर गर्नुभयो ।  

मुलुकको विकास नेपाली कांग्रेसको पहिलो प्रतिवद्धता हो तर विकासका बाधक भ्रष्टाचारीहरुका कारण नै मुलुकमा विकासले जडा गाड्न नसकेको समेत सभापति कोइरालाले बताउनुभयो । उहाले देश विदेशमा प्रजातन्त्रको अभ्यास शुरु भई सकेको हुंदा अब चाडै नै चीन लगायतका कम्युनिष्ट देश र कम्युनिष्टहरु पतन भएर जाने ठाकुवा गर्दै सर्वसत्तावाद र हैकमवाद लाद्ने सपना बुन्ने कम्युनिष्टहरु अब प्रजातन्त्रको छहारीमा आउने समेत बताउनु भयो । देशभरी नै अहिले नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढेर गएको भन्दै उहांले लोकतन्त्र र प्रजातन्त्र नै आजको आवश्यकता भएको विषयमा सबैले बुझिसकेको धारणा राख्नुभयो ।

नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहरले संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमतले जित्दै गरेको प्रष्ट देखाई दिएको समेत सभापति कोइरालाले ठोकुवा गर्नुभयो । आज सभापति कोइराला क्षेत्र नं. ३ अन्तर्गत नेपालगन्ज नगरपालिकाको वडा नं. २, ३, ४, ८ र १३ वडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

दीपा आले

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %