पर्बत जीप दुर्घटनाबाट मृतकका परिवारलाई इजरायलबाट सहयोग

इजरायल,

गत साता पर्वत जिल्लाको लेखफाँट गाविसस्थित धौला पहाड भन्ने स्थानमा जीप दुर्घटनामा परि घाईते तथा मृतकका परिवारलाई नेपाल मगर समाज इजरायलले दुई लाख, दश हजार सहयोग रकम हस्तातरण गरेकोछ । सस्थाका अध्यक्ष श्री बसन्त रास्कोटी मगरको नेतृत्वमा ५ जना कार्य समिति बिष्णु  पुन,बिष्णु गर्बुजा,काली पुर्जा ,जय पुर्जा,तारा काउचा चयन गरि रकम संकलन गरिएको थियो ।

नेपालमा श्री अर्जुन पुर्जा बाट घाइते तथा मृतकका परिवारलाई सो रकम  हस्तान्तरण गरिएको थियो । सहयोग पाउने घाइते तथा मृतकका विवरणहरू यस प्रकारका छन् :

१) दिलबहादुर पुन(लेखनाथ नगर पालिका , पोखरा ) रु ७०,०००। उनको श्रीमतीको दुखद निधन भएकोछ,भने २ छोराहरु उपचार पछि घर फर्कि सकेकाछन् ।

२) टेक माया फगामी(सालिजा पर्बत) रु ५०,०००।-उहाको नाक,दाहिने खुट्टा र करंग भचिएकोछ भने १४ वर्षकि छोरीको निधन भएकोछ । उनको पोखरा मणिपाल अस्पतालमा उपचार भइरहेको ।

३) ज्ञानमाया पाइजा (सालिजा ८ पर्बत)रु ५५,०००।- साढे १ वर्षको छोरा काठमाडौँ न्युरो  अस्पतालमा उपचार भइरहेको र उनको श्रीमान घटना स्थलमै  निधन भएकोछ । उहाको दाहिने हात,खुट्टा भचिएको र दाहिने आखामै गहिरो चोटलागि हाल मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

४)गम बहादुर पाइजा(थोत्नेरी ९,पर्बत) रु ३०,०००।-टाउको र दाहिने हातमा गहिरो चोट,करंग भाचिएको हाल मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

(५)होम कुमार पुन मगर (भनबरे पर्बत )  उपचार पछि घर फिर्ता भएका छन भने उनलाइ रु ५०००।-सहयोग गरिएको छ ।

यो मानबिय दुर्धटनामा सहयोग गर्नु हुने नेपाल मगर समाज इजरायलका सदस्यहरु  लगाएत अन्य नेपाली दाजुभाइ ,दिदीबहिनी हरु लाइ धेरै-धेरै धन्यबाद दिदै घटनामा मृत्यु भएका हरुको आत्माको चिर शान्तिको कामना गर्दै घाईते भएका हरुको शिघ्र स्वाथ्य लाभको कामना  पनि गर्दछाै । अन्तमा घाइतेहरुको उपचारमा अझै खर्च लाग्ने र उहा हरुको आर्थिक अवस्था कमजोर भएको हुदा कोही सहयोग गर्न इच्छुक संघ,सस्था वा व्यक्ति हरुले बिष्णु पुनको फोन न.००९७२-५४६८३९२६५ मा सम्पर्क गर्नुहुन नेपाल मगर समाज इजरायल हार्दिक अपिल गर्दछ ।

माया घले मगर,इजरायल