रहेनन साहित्यकार जगदीश घिमिरे

Read Time:1 Minute, 57 Second

लामो समयदेखि रक्त क्यान्सरबाट पीडित साहित्यकार जगदीश घिमिरेको ६८ बर्Èको उमेरमा विहीबार विहान निधन भएको छ ।
काठमाण्डुको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा विहान चार बजे उनको निधन भएको हो । उनको विहीबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
‘माइलोमा’ भन्ने रक्त क्यान्सरबाट पीडित घिमिरेले त्यसको उपचारमा भोग्नु परेको दुःख–कष्टको मामिर्क वर्णन ‘अन्तर्मनको यात्रा’ मा गरेका छन् । ‘अन्तर्मनको यात्रा’ उनको निकै चचिर्त र्कीति र्हा । उनले लिलाम, सकस, साबिति लगायत उपन्यास पनि लेखेका छन् ।
भयावह रोगको आक्रमणपछि पनि उनमा वैराग्य र विचलित मानसिकता देखिएको थिएन ।
विक्रम संवत २००२ सात चैत २८ गते रामेछाप जिल्लाको मन्थलीमा जन्मिएका घिमिरे काठमाडौको चोभारमा बस्दै आएका थिए । उनले प्रारम्भिक शिक्षा नेपाल र उच्च शिक्षा भारत तथा बेलायतबाट गरेका थिए । सानैदेखि उनको रुचि साहित्य र पत्रकारितामा थियो । उनले समाजशास्त्रमा एमए र जनसंख्यामा पोष्टग्राजुएट डिप्लोमा गरेका छन् ।
एबीसी नेपालमा कार्यरत उनकी पत्नी दुर्गा घिमिरे ती प्रथम महिला मध्येकी हुन् जसले बेचिएका नेपाली चेलीबेटीलाई मुम्बईबाट उद्धार गरेर ल्याउने साहसिक काममा अग्रणी भुमिका खेलेकि छन् ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %