ताप्लेजुडको दोखु –२ मा यात्रुवाहक जिप पल्टिदा आठजनाको ज्यान गएको छ । पाँचथरको फलंैचावाट ताप्लेजुड सदरमुकाम जाँदै गरेको मे १ ज १४३७ नम्वरको पिकअप जिप भीरवाट झरेको हो । अपरान्ह ४ वजे भएको दुर्घटनामा ज्यान जानेको नाम खुलेको छैन । दुर्घटनामा आठ जना घाईते भएका छन । अहिले पनि उद्धार कार्य भइरहेको छ । यसैबीच , उदयपुरकोे पश्चिमी भेगको सिरिसेमा एक यात्रुबाहक जीप दुर्घटना हुँदा ज्यान गुमाउने पाँचजनाको सनाखत भएको छ ।
ज्यान गुमाउनेहरुमा खोटाङ्गको बाक्सिला गाबिस ४का ३५ बर्षीय बालकुमार खत्री , बिजयखर्क गाबिस ९का का ७२ बर्षीय नारायण पोखरेल,धरान घर भई उदयपुरको लेखखाँनी गाबिस २ घुर्मीमा बस्दै आएकी ३० बर्षीया सरिता रानामगर ,सोलु जिल्लाको नेचा बेतघारी गाबिस ८का ७० बर्षीय बुद्धि राई र ६७ बषीय तिर्थबहादुर राईको रहेका छन् । दुर्घटनामा परि घटनास्थलमै पाँचजनाको ज्यान गएकोमा दुईको गएराती राती र तिनजनाको दिउँसो सनाखत भएको प्रहरीले जनाएको छ । उनिहरुको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाईएको छ । १७जना यात्रु सवार जीपमा १२ जना घाईते भएको र तीमध्ये १० जना गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईतेमध्ये १० जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक किसनसिंह थापाले जानकारी दिए ।
घाईते हुनेहरुमा हर्देनी उदयपुरका २३ वर्षीय घमण्ड परियार, सोहि स्थानका राजन परियार, ६ वर्षीया भुमिका परियार, कटारी –६ उदयपुरका खेमराज बस्नेत, नेचा सोलुका ६६ वर्षीया पन्ची सुब्बा, सोही स्थानका ३६ वर्षीय देवराज राई, खोटाङको बुइपाका ७३ वर्षीया तुलसा खनाल,सोही स्थानका ६ वर्षीय निशान खनाल, ओखलढुंगाका ३५ वर्षीय मोहन श्रेष्ठ र ठेगाना नखुलेकी सरोजा राई रहेको उदयपूर प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडकबाट करिव पाँचसय मिटर तल खसेको हो ।
भैरब आङ्ला, धरान
