शरणार्थी सिविरमा आगलागी, २१ घाईते

Read Time:1 Minute, 2 Second

मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा आईतवार  साँझ भएको आगलागी  भएको छ ।

आगो निभाउने क्रममा २१  जना शरणार्थी घाइते भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।  साँझ साढे ६ बजे भएको आगलागीबाट ३ वटा छाप्रा जलेर पुर्णरुपमा जलेर नष्ट भए भने थप क्षति  हुनबाट जोगाउन अन्य ३ छाप्रा भत्काइएको छ ।  झापाको दमकबाट दमकल आइपुग्नु अगाडि नै स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिइइएको थियो ।  सेक्टर के थ्री, छाप्रा नम्बर एक र दुईका टेकबहादुर राईको घरबाट आगलागि भएको शिविरका सामाजिक कार्यकर्ता हर्कराज सुब्बाले बताए । राईको घरमा रहेको खाना पकाउने ग्यास चुहिएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ ।
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %